बजारमा सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौं । साताको पाँचौं दिन बिहीबार बुधबार सुनको मूल्य दुई सयले घटेको छ । आज छापावाला सुन तोलामा ५८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार सुन प्रतितोला ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदीको प्रतितोला मूल्य ७५५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्