मृत्युपछि श्रीदेवीको इच्छा पूरा, राष्ट्रिय अवार्ड थाप्न स्टेजमा बाेनी कपुर

मुम्बई ।  स्वर्गीय अभिनेत्री श्रीदेवीलार्इ प्रदान गरिएको पद्मश्री अवार्ड थाप्न उनका पति बोनी कपुर छोरी जान्ह्वी र खुशीसँगै बुधबार नयाँदिल्लीमा अायोजित ६५औं राष्ट्रिय अवार्ड वितरण समाराेहमा पुगेका छन् ।

केही समयअघि मात्र नेशनल अवार्डका लागि विजेताका नाम घोषित भएका थिए । स्वर्गीय अभिनेत्री श्रीदेवीलाई बेस्ट अभिनेत्रीको अवार्ड गतवर्ष रिलिज भएको उनको चलचित्र ‘माम’ को लागि प्रदान गरिने भएका छन् ।

३०० चलचित्रमा काम गरिसकेकी अभिनेत्री श्रीदेवी

अभिनेत्री श्रीदेवीले आफ्नो चलचित्र करियर सुरु गरेबाटै हालसम्म करीब ३०० चलचित्रमा काम गर्न सफल भइसकेकी छन् । उनी बेस्ट एक्ट्रेसको अवार्डको नामको सूचीमा पर्न सफल भएकी छन् । त्यहाँ पूरी, कपूर परिवारहरु सबैलार्इ धन्यवाद ज्ञापन गर्न पुगेका थिए ।

कपुर परिवारले एक अफिसियल स्टेटमेन्ट जारी गरी ‘हामी धेरै खुशी छौं कि ज्युरी नेशनल अवार्डका लागि श्रीदेवीको नाम छनौट भएका छन् । हाम्रो परिवारको लागि यो ठूलो मौका हो ।

बताएअनुसार अभिनेत्री श्रीदेवीकी ठूली छोरी जान्ह्वी कपुर अभिनीत बलिउड चलचित्र ‘धडक’ मा डेब्यु गरिरहेकी छन् । चलचित्र ‘धडक’ अागामी जुलाईमा रिलिज हुने भएका छन् ।

कमेन्ट गर्नुहोस्