चर्चित अभिनेत्री क‌ंगनाको नयाँ घर यस्तो छ (फोटोफिचर)

मुम्बई । बलिउड अभिनेत्री कंगना रनोटकाे नयाँ घरकाे विभिन्न ए‌ंगलबार लिइएका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । बलिउडमा चर्चामा रहेकी सफल अभिनेत्री कंगनाले भर्खरै मात्रै मनालीमा बनाएकाे नयाँ घरको तस्वीरहरु अहिले बलिउडमा चर्चामा रहेकाे छ ।

अभिनेत्री कंगनाको नयाँ घरको फोटो आर्किटेक्चुअल डाइजेस्ट इण्डिया म्यागजिनका लागि यो फोटोसुट गरिएको थियो । तस्वीरमा देखाइएका ८ वटा बेडरुममध्ये एउटा कंगनाको स्पेशल काेठा रहेको छ । कंगना हिमाचलकी बासिन्दा हुन ।

त्यसैले  कंगनाकाे स्पेसल काेठाबाट हिमालको दृश्य सजिलै  देख्न सकिने बनाइएकाे छ । उनको घरका इन्टिनियर डिजाइनर ऋचा बहलले गरेका हुन् ।

कंगनाको घरकाे मूल्य  ३० करोड

अभिनेत्री कंगनाकी घरको मूल्य करीब ३० करोड रुपैयाँ लागतमा बनाइएकाे बताइएकाे छ । कंगनाले  १० कराेड रुपैयाँमा जमिन खरिद गरेकी थिइन् । साे जमिनमा उनले २० कराेड खर्च गरेर घर बनाएकी हुन।  यस लक्जरी बंगलामा ८ बेडरुम रहेका छन् । यसको साथै डाइनिंग रुम, फायर प्लेस, जिम, भिन्नै योगा रुम पनि रहेकाे छ ।

कंगनाका बेडरुम क्लासिकल आर्मचेयर र जयपुर रग्स कार्पेटले सजाइएकाे छ । भित्तामा मुम्बईबाट किनेका कस्टमाइज पिस लगाएकी छन् र बेडको राफ लारेनको होम कलेक्शनबाट लिएका हुन् । एन्ट्रेसबाट अचम्म आइटम्स झुण्ड्याएका छन् र पाहुनाको लागि बेडरुमको डिजाइन लेनबाट डिजाइन गरेका हुन् ।

कंगनाकाे परिवारिका पृष्ठभूमि

अभिनेत्री कंगनाका पिता अमरदीप रनोट एक व्यवसायी हुन् र आमा आशा रनोट स्कूल शिक्षिक हुन् । उनकी ठूलो दिदी पनि छिन् जसको नाम रंगोली हाे । रंगोली, कंगनाकी म्यानेजर पनि हुन् । एसिड आक्रमण जस्ता दुःखद घटना झेलिसकेकी रंगोलीको लाइफबारे कंगना बायोपिक बनाउने इच्छा राख्दछिन् । कंगनाको एउटा भाई पनि छन् जसको नाम अक्षत रनोट हुन् ।

रनोटले अभिनय गरेका चलचित्र 

२३ मार्च १९८७ को हिमाचल प्रदेशको मन्डी जिल्लामा अवस्थित सुरजपुर (भावंला) मा जन्मेकी कंगनाले २००६ सालमा चलचित्र ‘ग्याङस्टर’ बाट आफ्नो फिल्मी यात्रा सुरुवात गरेकी थिइन् । यसको अलावा उनले फेशन , वो लम्हे, लाइफ इन मेट्रो, वन्स अपन ए टाइम इन मुम्बई, तनु वेड्स, मनु, क्विन, तन् वेड्स मनु रिटन्र्स जस्ता सुपरहिट चलचित्रमा अभिनय गरिसकेकी छन् ।

हालैमात्र रिभल्वर रानी, नो प्रोब्लम, नक आउट, आई लव एक वायु, कट्टी बट्टी, रंगुन जस्ता चलचित्र बक्स अफिसमा असफल रहेका छन् ।

अभिनेत्री क‌ंगना रनोटका नयाँ घरको केही तस्वीरहरु-

 

कमेन्ट गर्नुहोस्