सैन्य विमान दुर्घटना हुँदा ९ जनाकाे मृत्यु

वाशिंगटन, वैशाख २०। अमेरिकारको जर्जियामा एउटा सैन्य विमान दुर्घटना हुँदा चालक दलका सबै नौ जना सदस्यको मृत्यु भएको छ । बुधबार अवेर विमान सी–१३० तटीय शहर सावन्ना हवाईअड्डा नजिक राजमार्गमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

नेसनल गार्डका अनुसार, विमान प्यूटरे रिको एयर नेशनल गार्ड हो र त्यो प्रशिक्षण उडान थियो । अधिकारीका अनुसार विमानमा सवार जना प्यूटरे रिकोका हुन ।

दुर्घटनाग्रस्त विमान ५० वर्ष पुरानो भएको बताइएको छ । सामाजिक सञ्जालमा भाइरल भएका तस्वीरहरुमा विमानबाट ध्वाँको मुस्लो निक्लिरहेको देखिन्छ । विमान जर्जियाबाट अरिजोनाको टस्कन जादै थियो ।

ब्रिगेडियर जनरल इसाबेलो रिवेराले भने, ‘ यो घटनामा चालक दलका नौ सदस्यको मृत्यु भएको छ । तर जहिलेसम्म मृत्युका परिवार र नातेदारलाई यसबारे जानकारी दिइदैन त्यति बेलासम्म मृतकको परिचय सार्वजनिक गरिने छैन । हाम्रो प्रार्थना र संवेदना पीडितका परिवार साथ छ ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाका बारेमा ट्वीट गर्दै सम्बदेना व्यक्त गरेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार विमान दुर्घटनाग्रस्त हुन भन्दा पहिला विमानमा ठूलो विफोटको आवाज आएको थियो ।

कमेन्ट गर्नुहोस्