खोलाले जीप बगाउँदा तीनको मृत्यु

बझाङ, वैशाख २० । बझाङको झोताबाट चैनपुर जादै गरेको से १ ज ८२० नंको जीप जयपृथ्वी नगरपालिका ७ सुवेडाको चौठा खोलाले बगाउँदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति भिषण वर्षापछि एक्कासी आएको बाढीले जीपलाई बगाएको थियो ।

मृत्यु हुनेमा खप्तड छान्ना २ घर भै चैनपुरमा कस्मेटिक पसल गर्दै आएका ३१ वर्षीय अम्मराज बन, केदारस्यु १ का २४ वर्षीय असु ओड, र जीप चालक बैतडी घर भै हाल कञ्चनपुर दोधाराका २६ वर्षीय रमेश चन्द रहेका छन ।

जिप खोलाले बगायर झण्डै ५० मिटर तल खोचमा पुरिएको अवस्थामा भेटिएको छ ।

दुर्घटना बुधबार राति ८ बजे भएको भएपनि अफ्ठ्यारो भिर र जीप भलले पुरिएकाले बिहीबार अपरान्ह साढे २ बजे मात्र शव निकालिएको छ ।

कमेन्ट गर्नुहोस्