बस पल्टिएर आगलागी हुँदा घटनास्थलमै २७ जनाको मृत्यु

पटना, वैशाख २० । बिहारको मोतिहारीमा एउटा बस पल्टिएर आगलागी हुँदा बसमा सवार २७ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार विहारको पटनाबाट बिहीबार अपरान्ह  नयाँदिल्ली जादै गरेको बसले अचानक सन्तुलन गुमाउँदा दर्घटना भएको बताइएको छ । बसमा करीब ४० जना सवार थिए । घाइतेहरुको अवस्था देख्दा मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

तीब्र गतिमा रहेको बस अचानक अनियन्त्रित भएर सड्कबाट तल खसेको छ । बस पल्टिएर पाङग्रा माथि र छल तल भएको छ । बस पल्टिएपछि आगलागी शुरु भएको र हेर्दाहेदै ह्वारह्वारती बल्न थालेको प्रत्यक्षदर्शीले बताए । स्थानीयले घटनाबारे थाहा पाउँदासम्म बसमा सवार यात्रुहरुको मृत्यु भइसकेको बातइएको छ ।

स्थानीय मानिस घटनास्थल पुगेर उद्दारको कार्य शुरु गरेपनि यात्रुहरुलाई बचाउन सकेनन् । स्रोतका अनुसार घटनामा परि ६/७ ले ज्यान बचाउन सफल भएका छन् । यधपी अहिलेसम्म घटनाबारे सरकारी अधिकारीले पुष्टी गरेका छैनन् ।

कमेन्ट गर्नुहोस्