प्रधानमन्त्री मोदी नेपाल आउने दिन सार्वजनिक विदा

जनकपुरधाम, वैशाख २० । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने दिन प्रदेश २ मा सार्वजनिक हुने भएको छ ।

बिहीबार बसेको प्रदेश २ को मन्त्रिपरिषद बैठकले वैशाख २८ गते प्रदेश स्तरीय सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

सरकारले प्रदेशभित्रका आठवटै जिल्लाबाट मोदीले सम्बोधन गर्ने कार्यक्रममा ५० हजार मानिस सहभागी गराउन सर्कुलर जारी गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले दुई वटा थप विद्येयक बनाउने विषयमा सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ ।

नीति आयोग गठन तथा कार्य आदेश विधेयक र प्रदेश प्रकृतिक स्रोत व्यवस्थापन विधेयक बनाउने विषयमा मन्त्रिपरिपरिषदबाट निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जानाएको छ ।

दुई दिने राजकीय भ्रमणका लागि भातीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी वैशाख २८ गते सिधै जनकपुर आउने कार्यक्रम रहेको छ ।

कमेन्ट गर्नुहोस्