आदिवासी जनजाति पत्रकार महासंघको शाखा मलेसियामा

मलेसिया, वैशाख २० । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) को शाखा मलेसियामा गठन हुने भएको छ।

६ मईका दिन मलेसियाको राजधानी क्वालालम्पुरस्थित द–फाइभ एलिमेन्ट होटेलमा आदिवासी जनजाती पत्रकार संघ मलेसिया गठन हुन लागेको हो ।

मलेसियामा रहेर पत्रकारिता गरि रहेका र पत्रकारिता गर्न इच्छुक नेपाली आदिवासी जनजाती युवा (युवतीहरु लाई एकजुट गरि आदिवासी जनजातिहरुको माग,मुद्दा र समाचारहरुलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिई हाले पनि मुख्य मुद्दा र बिषयहरुलाई पाखा लगाइ अपुरो समाचार र सन्देशहरु मात्र प्रवाह भैरहेको हुदा आदिवासी जनजातिहरुको माग मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा प्रवास बाटै सबै नेपालीहरु समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संगठनको आवश्यकता महसुस गर्दै मलेसियामा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया (फोनिज) शाखा गठन गर्न लागेको सम्योजकको भनाइ छ ।

प्रथम अधिवेशनको उद्घाटनमा नेपालबाट आदिवासी जनजाती पत्रकार महासंघका सङ्गठन सचीव मिलन लिम्बु र लिम्बुवान पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङको विशेष उपस्थिति रहने भएको छ ।

अधिबेशनको तयारी पूरा भैसकेको र मलेसियामा रहेका सम्पुर्ण संघसंस्था,तथा विभिन्न पार्टीका भातृ संगठनहरुलाई समेत पत्राचार गरि सकिएको अधिबेशनका सम्योजक तथा पत्रकार सुनाखरि मगर ले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्