इन्धनको मूल्यबृद्धि तत्काल खारेज गर्न विद्यार्थीको माग, बेवास्था गरिए कडा आन्दोलनको चेतावनी

काठमाडौं, वैशाख २० । प्रमुख पाँच विद्यार्थी संगठनले नेपाल आयल निगमले लगातार रुपमा पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । आफ्ना सालिन मागप्रति निगम उदासिन रहे कडा संर्घषमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् ।

बिहीबार अनेरास्ववियू, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौं र सविफोका अध्यक्षले हस्ताक्षर गरि जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ पेट्रोलियमा पदार्र्थमा गरिएको मूल्यबृद्धि तत्काल खारेज गर्न सम्बन्धीत पक्षलाई जोडदार माग गर्दछौं । हाम्रो सालिन आग्रहलाई बेवास्ता गरिए सड्क संर्घषमा उत्रिन बाध्य हुनेछौं ।’

दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टी तेल जस्ता पदार्थमा गरिएको मूल्यबृद्धि र यसले समग्र क्षेत्रमा पार्ने प्रभावले जनताको ढाड सक्ने काम गरिएको उनीहरुको दाबी छ ।

बहुसंख्यक जनता गरिबीकाृ रेखामुनि रहेको हामे जस्तो देशमा सरकार केबल व्यापारी मात्र बन्न सकदैन भन्न हाम्रो धारणा हो । अत्यावश्यक क्षेत्रमा सरकारले जनतालाई राहत र सहुलियत दिनुपर्दछ, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निगममा भएको भ्रष्टाचार, चुहावट, अनियमितता र बेथिति अन्त्य गरेर जनतालाई सहुलियत दरमा इन्धन उपलब्ध गराउन छोडे मूल्य संमायोजनका नाममा एकोहोरो गरिएको मूल्इबृद्धिप्रति हाम्रो घार आपत्ति छ।’

कमेन्ट गर्नुहोस्