मलेसियामा नेपाली माथी तरवार प्रहार

मलेसिया, वैशाख २१ । मलेसियामा स्थानीय तामिल मुलका ब्यक्तिले नेपाली माथी तरवार प्रहार गरि घाइते बनाएका छन ।

मलेसियामा को सेलाङ्गर राज्य स्थित कापर सेल्टर सेक्युरिटी फोर्स मा कार्यरत सिन्धुली गोलन्जोर गा.पा रत्तचुरा-६ का गणेश बहादुर राइ माथि बिहीबार बिहान कम्पनीमा कार्यरत रहेको अबस्थामा अपरिचित स्थानीय ब्यक्तिले तरबार प्रहार गरेका हुन ।

बिहान करिब ६:३० बजे काम सकेर कोठामा फर्कन लागेका राई माथी मोटरसाइकल मा आएका २ जना तामिल नागरिकले एक्कासि तरवारले प्रहार गर्दा राई घाइते भएका छन।

साथीहरू सङ्गै बाटोमा हिडिरहेका राई लाई तरबारले हिर्काउन थालेपछि साथीहरू भागेको र आफू एक्लै भयपनि केहि बेर प्रतिकार गर्न सफल भएको राईको भनाइ छ । आफु माथी प्रहार गरेको तरबार लाई रोक्न खोज्दा उनको हात र ढाडमा गम्भीर चोट लागेको छ ।

घटना लगत्तै कम्पनी लाई फोन गरि जानकारी गराउन सफल भएका राइले कम्पनीका प्रतिनिधिका साथमा प्रहरी लाई उजुरी दिएपछी लगत्तै घटनामा सङ्लग्न ब्यक्ति लाइ प्रहरीले पक्राउ गरि आबस्यक अनुसन्धान अधि बढाएको राइले जानकारी दिएका छन ।

उपचार पछी राई कम्पनी होस्टेलमा फर्किएका छन भने उनको अबस्थामा अहिले सुधार आएको छ ।

कमेन्ट गर्नुहोस्