एकपटक खुलेर हासाै‌ं

मिस कल

रमनः (आफ्नो शिक्षिकसँग) मिस, के तपाईले मेरो मोबाइलमा फोन गर्नुभएको थियो ?

शिक्षिकाः मैले १ छैन त, तर किन ?

रमनः हिजो मैले मेरो मोबाइलमा स्क्रिनमा हेर्दा मिस कल लेखिएको थियो त्यही भएर ।

सुन्दरता या समझदारी

पत्नीले पतिसँग सोधिन्ः तपाईलाई मेरो के राम्रो लाग्छ– मेरो सुन्दरता कि समझदारी ?

‘मलाई त तिम्रो ठट्टा गर्ने बानी राम्रो लाग्छ’ पतिले जवाफ दियो ।

वकिल र सुन्दर युवती

एकजना वकिल आफ्नी श्रीमतिसँग गार्डनमा घुमिरहेका थिए । त्यही गार्डनमा एउटी सुन्दर युवती हिँडिरहेकी थिइन् । वकिलले हांसेर अभिवादन गरे।

श्रीमतिले वकिलसंग सोधिनः ती युवतीलाई तिमी कसरी चिन्छौ ?

वकिलले आफ्नो बचाउ गर्दै भन्योः एकपटक कामको सिलसिलामा मेरो उनीसँग भेट भएको थियो।

आफ्नो पेसा कि उसको पेसाको सिलसिलामा ? वकिलकी श्रीमति चिच्याइन् ।

किन ढिलो ?

अध्यापकले (विद्यार्थीसंग) किन ढिला आयौ ?

छात्र (अध्यापकसंग) वाइक बिग्रेर सर ।

अध्यापकः बसमा आउन सक्दैन थियौ त ?

छात्रः म त आउने थिएन सर तर तपाईकी छोरी तयार थिइनन् ।

लोग्ने स्वास्नीको झगडा

झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।

श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?

अर्काको काम

शिक्षकः मानिस त्यही हो जो अरुको काममा काम लागोस् ।

छात्रः तर परिक्षामा त न तपाई हाम्रो काम लाग्नु हुन्छ न अरुलाई नै आउन दिनुहुन्छ।

फोटो नेच्युरल आउने छ

रमन आफ्नी श्रीमतिका साथ फोटो खिचाउन फोटोग्राफरकोमा पुगे ।

फोटोग्राफरः तपाई अलि पतिदेवको नजिक जानुस र आफ्नो हात उनको हातमा राख्नुस तब फोटो
बढी नेच्युरल आउनेछ।

रमनले दुखाईले चिच्याउंदै भने, फोटोग्राफर बाबु‘ राम्रो हुनेछ तपाई यिनको हात मेरो खोजीमा राखिदिनुस् । फोटो तब नेच्युरल आउने छ।

कमेन्ट गर्नुहोस्