मलेसियामा एक नेपाली कामदारको रहस्यमय मृत्यु, कारण के होला ?

मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका रौतहट पचरुखिका जैसी यादवको सोमबार राति मृत्यु भएको छ।

दिउँसो काम सकेर सकुशल कोठामा फर्किएका यादब राती खाना खाएर सुतेकै अवस्थामा मृत फेला परेका हुन ।

मलेसियाको बाजलान इङाङ तेलुक पाङ्लिङागाराङ केबुन बारु स्थित टेक्नि कास्ट आल्मोनियम कम्पनी मा बिगत ७ वर्षदेखि कार्यरत यादव सिद्धी दाता म्यानपावर प्रालिबाट १ लाख तीस हजार बुझाइ रोजगारीका मलेसिया पुगेका थिए।

रातिसँगै सुतेको साथी अबेरसम्म नउठेपछि कोठामा रहेका अन्य साथीहरूले बोलाउन खोज्दा यादव मृत अवस्थामा भेटेपछि साथीले कम्पनी र स्थानीय प्रहरीलाई खबर गरेको बताएका छन ।

मृतकको शव हाल पोस्टमार्टमको लागि बान्तिङ हस्पिटलमा राखिएको र कम्पनीले दूतावाससँँग सहकार्य गरेर आवश्यक प्रक्रिया पुरा गरी शव नेपाल पठाउने तयारी रहेको सोही कम्पनीमा कार्यरत हरि सुवेदीले जानकारी दिएका छन ।

मलेसियामा विगत लामो समयदेखि सुतेकै अबस्थामा धेरै नेपालीको ज्यान गइसकेको भएपनि हालसम्म यस्को कारण पत्ता लाग्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्