नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)को शाखा मलेसियामा

मलेसिया । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को शाखा मलेसियामा गठन हुने भएको छ ।

मे ६ तारिख आइतबार मलेसियाको राजधानी क्वालालम्पुर स्थित द–फाइभ एलिमेन्ट होटेलमा आदिवासी जनजाती पत्रकार संघ मलेसिया गठन हुन लागेको हो ।

मलेसियामा रहेर पत्रकारिता गरिरहेका र पत्रकारिता गर्न इच्छुक नेपाली आदिवासी जनजाती युवायुवतीहरु लाई एकजुट गरी आदिवासी जनजातिहरुको माग, मुद्दा र समाचारलाई मुलधारका भनिएका संचारगृह र संचारकर्मीहरु द्वारा न्यायोचित स्थान नदिएको, स्थान दिइहाले पनि मुख्य मुद्दा र बिषयहरुलाई पाखा लगाइ अपुरो समाचार र सन्देशमात्र प्रवाह भइरहेको हुदा आदिवासी जनजातिहरुको माग मुद्दा र गतिविधीहरुलाई प्रभावकारी रुपमा प्रवासबाटै सबै नेपालीहरु समक्ष पुर्‍याउन आदिवासी जनजातिहरुको छुट्टै संगठनको आवश्यकता महसुस गर्दै मलेसियामा पनि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मलेसिया (फोनिज) शाखा गठन गर्न लागेको संयोजकको भनाइ छ ।

प्रथम अधिवेशनको उद्घाटनमा नेपालबाट आदिवासी जनजाती पत्रकार महासंघका सङ्गठन सचीव मिलन लिम्बु र लिम्बुवान पत्रकार संघका अध्यक्ष देवेन्द्र खापुङको विशेष उपस्थिति रहने भएको छ ।

अधिबेशनको तयारी पूरा भैसकेको र मलेसियामा रहेका सम्पुर्ण संघसंस्था,तथा विभिन्न पार्टीका भातृ संगठनहरुलाई समेत पत्राचार गरि सकिएको अधिबेशनका सम्योजक तथा पत्रकार सुनाखरि मगर ले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन ।

 

कमेन्ट गर्नुहोस्