युएईमा संयुक्त बुद्धजयन्ती मनाइयो

युएई । युएईमा क्रियाशिल नेपाली संघ, सस्था र ब्यबसायीहरु मिलेर संयुक्त रूपमा २५६२ औ बुद्ध जयन्ती मनाउने भएका छन् ।

शान्तिका अग्रदुत गौतम बुद्धको सम्झनामा विशेष कार्यक्रम गरि एकता र आपसी भाइचाराको सम्बन्ध लाई प्रगाढ बनाइ बिश्वसामु शान्तिको सन्देश फैलाउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक डिआर गुरुङले जानकारी दिएका छन ।

आउँदो मे ११ तारिख अर्थात वैशाख २८ गते शुक्रबार दुबई स्थित अल्कुजको डल्सको हलमा हुन लागेको संयुक्त बुद्ध जयन्ती कार्यक्रममा सबैलाई सहभागी हुन गुरुङले आग्रह गरेका छन् ।

कार्यक्रम आयोजक समितिले गत सोमबार एक सूचना जारी गर्दै बिगतका बर्षमा जस्तै यस बर्ष पनि सबै मिलेर भगवान गौतम बुद्धको २५६२ औ बुद्ध जयन्ती मनाउन उनले आग्रह गरेका हुन।

गतवर्ष युएईमा रहेका वटा ४६ नेपाली संघ, सस्था र ब्यबसायीहरु एकै ठाउँमा भेला भई बुद्ध जयन्ती मनाईएको उदाहरण दिदै उनले यस बर्ष पनि युएईमा रहेका ब्यबसायी र सामाजिक संघ, सस्था लाई आयोजक बन्न आग्रह गरेका छन् ।

संयुक्त बुद्ध जयन्ती मनाउन तयार गारिको समितिले हाललाई कामको बाँडफाँट गरेको छ । आयोजक हुन चाहने संघ सस्था र ब्यबसायीहरुसंग समन्वयको लागि मणि भुर्तेल संयोजक रहने गरि पर्शुराम पौडेल, भिम हमाल, फलेन्द्र बलाम्फी मगर र ओम कुमारी खाँड लाई तोकिएको छ ।

यसौगरि, प्रचारप्रसारको संयोजकमा गोबिन्द ढकाल र मिडिया कोडिनेसनको जिम्मेवारी नेपाल पत्रकार महासंघ युएई शाखालाई दिइएको छ ।

यस्तै आर्थिक बिभाग प्रमुखमा एकेन्द्र बहादुर थापा रहेका छन ।कार्यक्रम ब्यबस्थापन समितिले आयोजक हुन इच्छुक संघ सस्था वा ब्यबसायी हरुले शुक्रबारभित्र ३०० दिराम सहित सम्पर्क राख्न आग्रह समेत गरेका छन ।
कार्यक्रमको आयोजक सस्थाले १० टिकट अनिवार्य बेच्नुपर्ने पनि जनाईएको छ । कार्यक्रम लगतै कार्यक्रम नाफामा गएको खण्डमा आयोजकले लगानी गरेको ३०० दिराम फिर्ता गरिने छ । कार्यक्रममा सहभागी हुन चाहाने हरुले २५ दिरामको टिकट खरिद गरि प्रवेश गर्नुपर्ने बताइएको छ ।

कार्यक्रममा लामा गुरुहरुद्धारा बुद्धको पाठपूजा गर्ने, बुद्धका उपदेशहरु प्रबचन गर्न ,र स्थानीय कलाकारहरुको साथमा झाकी सहितका विभिन्न प्रस्तुतिहरु देखाउने तयारी रहेको आयोजकले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्