चुट्किला पढौं, मुडफ्रेस बनाऔं

१) पन्डित बाजेलाई झाडा पखालाले च्यापेछ– ‘ओखती लिने बेलामा डाक्टरलाई सोधेछ, अनि के के कुरामा ध्यान दिनुपर्ला डाक्टर साब ?

डाक्टरः जोडले शंख नफुक्नु होला ।

२) मुन्द्रे र धुर्मुसको कुराकानी
धुर्मुसः तपाईंलाई गर्मी भयो भने के गर्नु हुन्छ रु
मुन्द्रेः फ्यानको नजिकै गएर बस्छु
धुर्मुसः त्यसो गर्दा पनि गर्मी कम भएन भने रु
मुन्द्रेः फ्यान अन गर्छु

३) एउटी केटीले झ्यालबाट पेटिकोट बाहिर सुकाउदा सधैं तल्लो फ्ल्याटको सेरेको झ्याल ढाक्ने गरी सुकाउँथी, सेरेले जति सम्झाए पनि नमानेपछि उस्लाई पनि झ्वाक चलेछ र आफ्नो कट्टु बाँसमा बेरेर केटीको झ्यालसम्म पुग्ने गरी ठाडो परेछ । यो सब देखेर केटीले झ्यालबाट मुन्टो निकालेर तलतिर हेर्दै सेरेलाई भनेछ, यो के गरेको ? आफ्नो कट्टु तल सार ? सेरेले पनि जवाफ दिएछ, पहिले तिमी आफ्नो पेटिकोटमाथि सार अनि मात्रै‘

४) एउटा असी बर्षको बुढोले डाक्टर कहाँ गएर आफ्नो तरुनी स्वास्नी’ फुर्ती लगाउदै गफ गर्न थालेछ,
डाक्टर साब मेरो २२ बर्षकी बुढी गर्भवती भएकी छ, तपाईंको केही भन्नु छ ?

यतिकैमा डाक्टर साबले एउटा कथा भन्न थालेछ, एक पटक एउटा शिकारीले हतारको बेला बन्दुक भनेर छाता बोकेर हिंडछ, जंगलमा जादा जादै बाघ देख्छ, शिकारीले हत्त पत्त छाता उठाउदै उघार्छ । ड्याम्म त्यो बाघ त त्यही ठहरै हुन्छ। यो सुनेर बुढोले भनेछः यो त असम्भब छ, अर्को कुनै ब्याक्तीले बाघलाई हानेको हुनुपर्छ ।

डाक्टर साबः हो मेरो भनाइ पनि यती मात्रै हो। कुरा बुझेर ल्याउनुस न ।

५) स्वास्नीले झ्वाँकिएर लोग्नेलाई फोन गरे, हैन कहाँ मुन्टिएको हो यति अबेरसम्म ?

लोग्नेः प्रिय, तिमीलाई सम्झना छ त्यो गहना पसल‘
जहाँ तिमीले एउटा हिराको हार निकै मन पराएको थियौ,
म सँग पैसा नभएर किनेर दिन सकेको थिइन‘
तर मैले भनेको थिए, एक दिन त्यो हार तिम्रो अवस्य हुनेछ भनेर ।

स्वास्नी (खुसी हुँदै) हो डार्लिङ हो मैले सम्झिए‘
लोग्नेः हो‘ म त्यै गहना पसलको अघिल्तिरको भट्टिमा छु ।

६) हर्के तिमी बिहान सधैं मन्दिर किन जान्छौ, भन त ?

हर्केः किनकी त्यहाँ पूजा, अर्चना, आरती, ज्योति, लक्ष्मी, दुर्गा, शान्ती हुन्छ त्यसैले ।

७) हजुर बा किताब पढेर बसिरहेको थियो, यतिकैमा नाती आएर सोध्यो, हजुर बा
हजुर बा, के पढिरहनु भाको ?

हजुर बाः ईतिहास पढेको बाबु !

नातिः (किताबको गता हेर्दै) तर यो त सेक्स सम्बन्धी किताब छ जस्तो छ नि ?

हजुर बाः मेरो लागि त यो ईतिहास नै हो बाबु !!
एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्