बिहारदेखि दिल्ली जाँदै गरेको बसमा आगलागि, १२ को मृत्यु

नयाँ दिल्ली । बिहारदेखि दिल्ली गइरहेको एउटा बसमा आगलागी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

बिहारको मोतिहारीमा बस अचानक पल्टेपछि आगो लागेको थियो ।

घटनामा मृतकको संख्या बढन सक्ने जनाइएको छ ।

मोतिहारीको कोटवा थाना अन्तर्गत पर्ने बेलवा क्षेत्रमा दुर्घटना भएको थियो ।

UP75AT-2312नम्बरको बसमा ३२ जना रहेको बताइएको छ ।

सडकमा गुडिरहेको बेला ड्राइभरको नियन्त्रणबाट एकाएक बाहिर गएपछि बस पल्टेको थियो ।

 

घाइतेहरुको उद्दार गरी नजिकको अस्पताल लगिएको छ । दुर्घटना गत राती भएको थियो ।

कमेन्ट गर्नुहोस्