माक्र्स कम्युनिष्टका मात्रै होइन बुर्जुवाकाे पनि आर्दश : प्रचण्ड (भिडियाेसहित)

काठमाडौं, वैशाख २२ । नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्ल माक्र्स जस्तो प्रतिभाशाली व्यक्ति संसारमा विरलै जन्मिने बताएका छन ।

शनिबार कम्युनिष्ट सिद्धान्तका प्रतिपादक कार्ल माक्र्सको दुई सय जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘माक्र्स एउटा विलक्षण प्रतिभा हुनुहुन्थ्यो र माक्र्स जस्तो प्रतिभा संसारमा विरलै जन्मिन्छ ।’

हामी कम्युनिष्ट र सर्वहारा श्रमजीवी मात्रे होइन, बुजुर्वाहरुले पनि एक हजार वर्ष यता माक्रर्स जस्तो प्रतिभाशाली जन्मिएको छैन भनेर स्वीकार गरेका छन्,’ प्रचण्डले भने, ‘यति धेरै ज्ञानको भणर, यति धेरै मेहनत गर्न सक्ने र यति धेरै सृजनशील सामाजिक क्रान्तिका वैज्ञानिक अहिलेसम्म जन्मिएकी छैनन् भनेर वुर्जुवाले पनि मान्दछन् ।’

याे पनि पढ्नुस  ‘प्रचण्डले पार्टी नीतिअनुरुप बोल्दा पनि अमेरिकालाई के को आपत्ति?’

प्रचण्डले मानवजातिले ज्ञान, विज्ञान र सामाजिक न्यायको क्षेत्रमा गरेका विकासका सबै तत्वहरुलाई वैज्ञानिक ढंगले संश्लेषण गरेको नाम नै माक्र्सवाद भएको बताए ।

माक्र्स भन्दा पहिला इतिहास बनाउने काम चाहीँ राजामहाराजाहरुले गर्छन, ठू–ठूला पण्डितले गर्छन र स–साना मानिसको काम चाहीँ उनीहरुको आदेशको तामेली गर्नु मात्रै हो । आदेश पालना, गर्नु मात्रै हो । दासत्व स्वीकार गर्नू मात्रै हो भन्ने मान्यता स्थापिए भएको प्रचण्डले बताए ।

याे पनि पढ्नुस  ‘इन्डो–प्यासिफिक रणनीति’ मा प्रचण्डकाे असहमति !

तर माक्र्सले सन १८४८ मा कम्युनिष्ट घोषणापत्र मार्फत विश्वमा पहिलो पटक यस मान्यतालाई माक्सले चुनौति दिदै गतल सावित गरेको प्रचण्डले बताए । ‘इतिहासको निर्माण राजामहाराजाले गर्ने होइन । हकीकतमा श्रमिकहरुले नै इतिहास बनाएको हुन्छ,’ प्रचण्डले भने ‘विकासको प्रमुख बाहक चाहीँ श्रमिक हुन । श्रमजीवी जनताहरु हुन । भौतिकवादी ढंगले कम्युनिष्ट घोषणापत्र मार्फत कार्ल माक्सले सन १८४८ मा भन्नु भयो । यही नै माक्र्सवादको चुरो कुरो हो ।’

याे पनि पढ्नुस  परिवर्तनको आन्दोलनमा कुल प्रसादको अतुलनीय भूमिका– प्रचण्ड

कार्यक्रममा प्रचण्डले गरेको सम्बोधन हेर्नुहोस भिडियोमा

कार्ल मार्क्स द्विशतवार्षिकी कार्यक्रम।। पोखरा, २०७५ बैशाख २२ गते

Posted by National Hero Comrade Prachanda राष्ट्रनायक क. प्रचण्ड on Friday, 4 May 2018

कमेन्ट गर्नुहोस्