आहुतीद्वारा नयाँ पार्टी गठन, को–को छन त ? नामसहित

काठमाडौं, वेशाख २२ । विश्वभक्त दुलाल ‘आहुती’ ले नयाँ पार्टी गठन गरेका छन् । उनले कम्युनिष्ट नेता कार्ल माक्र्सको दुई सयौं जन्मजयन्तीको अवसर पारेर शनिबार ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल’ को नयाँ पार्टी गठन गरेका हुन । जसको संयोजक आहुती छन् ।

पहिला जनमोर्चा र पार्टी एकता पछि नेकपा माओवादी केन्द्रमा रहेका अगुवा दलित नेता आहुतीले नेकपा माओवादीले गएको असोज १७ गतेदेखि नेकपा एमालेसँग पार्टी एकताको प्रक्रिया शुरु गरेपछि त्यसप्रति असन्तुष्टि जनाउदै आएका थिए ।

आहुतीद्वारा जारी पार्टी घोषणा बक्तत्यमा भनिएको छ, ‘विश्व सर्वहारा—श्रमिक वर्ग तथा सिंगो मानवताको मुक्तिको विचारधारा माक्र्सवादका प्रवर्तक कार्ल माक्र्सको द्विशतवार्षिकीको विशेष सन्दर्भमा नेपालबाट नयाँ युगको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल निर्माणको संगठित पहल शुरु भएको घोषणा गर्न पाउँदा हामीलाई अत्यन्तै खुशी र गौरव महसुस भएको छ ।’

हेर्नुहोस घोषणा बक्तव्य

कमेन्ट गर्नुहोस्