चौतारीले कारबाही गरेका अर्जुनको जित

काठमाडौं, वैशाख २२ । नेपाल पत्रकार महासंघ प्रदेश नं ७ को अध्यक्षमा प्रेस चौतारीले कारबाही गरेका पत्रकार अर्जुन शाह अत्यधिक मतले विजयी भएका छन ।

शाह प्रेस चौतारीका उम्मेदवार हरि जोशीलार्इ ११८ मतले पराजित गर्दै पत्रकार महासंघको प्रदेश नं ७ को अध्यक्षमा निर्वाचित भएका हुन । शाहले ३७९ मत पाए भने उनका प्रतिस्पर्धी जाेशीले २६१ मत । भने जम्मा १९ मत बदर भएकाे छ ।

शाह कान्तिपुर दैनिकका उपसम्पादक हुन । र धनगढीमा कार्यरत छन् ।

शाह र जोशीले जिल्लागत रुपमा प्राप्त गरेको मत यस्तो छ

चौतारीले नेतृत्वको अनुमतिविना कुनै पनि संगठनसँग वार्ता, छलफल, माइन्युट र विज्ञप्ति सार्वजनिक गर्न नपाइने वैधानिक व्यवस्थाविपरीत संगठनका वरिष्ठ उपाध्यक्ष माधवप्रसाद नेपाल, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव राजेश राई, उपमहासचिव रामकुमार एलनलगायत पदाधिकारीको सहभागितामा अराजनीतिक र विधानविपरीतका कार्य भएको भन्दै चौतारीका अध्यक्ष गणेश बस्नेतले विज्ञप्तिमार्फत कारवाही गरेकाे थियाे ।

महासंघको निर्वाचनमा प्रदेश नं ७ का अध्यक्षमा चौतारीका हरिप्रसाद जोशीलाई उम्मेदवार बनाउन अध्यक्ष बस्नेतले निर्देशन दिएकामा केही पदाधिकारीले अर्जुन शाहलाई उम्मेदवार बनाइएको भनी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि केन्द्रीय सचिवालयको आकस्मिक र उपलब्ध सदस्यको शुक्रबार साँझ बसेको बैठकले अनुशासन कायम गर्न भन्दै कारबाही गरेकाे थियाे ।

चौतारीका महासचिव राई र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले सो प्रदेशका अध्यक्षमा शाह उम्मेदवारी रहेको विज्ञप्ति सार्वजनिक गरेका थिए।

कमेन्ट गर्नुहोस्