विद्यार्थी र सरकारबीच ५ बुँदें सहमति, आन्दोलन स्थगित

काठमाडौं, वैशाख २२ । निजी विद्यालयले गरेको चर्को शुल्कबृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी र सरकारबीच पाँच बुँदें सहमति भएको छ ।

शनिबार शिक्षा मन्त्रालयमा सहमति भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको बताइएको छ । आन्दोलनरत विद्यार्थी संघसंगठन, शिक्षा मत्रालय र शिक्षा विभागका बीच पाँच बुँदें सहमति भएसँगै आन्दोलन स्थगित गरिएको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिव आरसी लामिछानेले बताए ।

शनिबार मन्त्रालयमा सर्वपक्षीय छलफलपछि सरकार र आन्दोलनरत विद्यार्थी बीच पाँच बुँदें सहमति भएको हो ।
हेर्नुहोस सहमतिपछि  विज्ञप्ति

फाइल फाेटाे

 

कमेन्ट गर्नुहोस्