१५ सेप्टेम्बरमा वार्षिक उत्सब मनाउन एनआरएनए युएर्इकाे भव्य तयारी

युएई, वैशाख २२ । गैरआवासीय नेपाली संघ युएईले आउँदो सेप्टेम्बर १५ तारीख २०१७–०१९ कार्यकालको वार्षिक उत्सब भब्य रूपमा मनाउने भएको छ ।

एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको छैठौं नियमित बैठकमा बार्षिक उत्सबसहित विभिन्न विषयमाथि छलफल भएको श्रेष्ठले जानकारी दिएका छन ।

बैठकले बार्षिक उत्सब तयारीका लागि जिम्मेवारी समेत तोकेको छ । जसअनुसार अध्यक्ष श्रेष्ठको संयोजकत्वमा मुल समिति गठन गरिएको छ । बार्षिकोत्सब कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम पनि समाबेश गर्ने र त्यसका लागि आबस्यक रास्ट्रीय तथा ख्यातिप्राप्त कलाकारको ब्याबस्थापन गर्ने जिम्मेवारी केन्द्रीय सदस्य समिम खानलाई उपसंयोजकको जिम्मेवारीसहित दिइएको छ ।

कार्यक्रम प्रायोजनको लागि आबस्यक रकम जुटाउन र युएईका ब्यापारी तथा ब्याबसायीहरुसंग छलफल एबं समन्वयको लागि उपाध्यक्ष नेत्र शर्मालाई उपसंयोजकको जिम्मेवारी दिएइको छ ।

त्यसैगरी युएईमा क्रियाशिल संघसंस्थाहरुसँग ऐक्यबद्धतासहितको सहयोग जुटाउन र आबस्यक भेटघाट छलफल एबं समन्वयको लागि अर्का उपाध्यक्ष बालकृष्ण मरासिनीलाई उपसंयोजकको जिम्मेवारी दिइएको छ ।

बैठकले जिम्मेवारी तोकेका सबैबाट अर्को बैठकसम्म गृहकार्य पूरा गरि कार्य प्रगतिको प्रतिबेदन पेस गर्न निर्देशन समेत दिएको छ ।

यस्तै बैठकले विभिन्न १२ बुदा माथी महत्त्वपूर्ण निर्णय समेत गरेको छ जसअनुसार । दुबई र अबुधाबिमा हुन लागेको बुद्ध जयन्ती कार्यक्रममा आफ्ना प्रतिनिधिहरुलाइ उपस्थिति गराउने , नेपालका थप ८ जिल्लामा सन्चालन गरिने प्राथमिक उपचार तालिमका लागी आर्थिक सहायता जुटाउने उद्देश्यले गर्न लागिएको नेपाली फिल्म ऐश्वर्य को च्यारिटी सो को तैयारीका लागी एनआरएनए युएईका केन्द्रीय सदस्य सम्सेर योञ्जन लाई संयोजक को जिम्मेवारी दिने र उत्तरी इमिरेट्सका लागि केन्द्रीय सचिब मिलन गुरुङ लाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै टोपबहादुर बिक बचाउ अभियानमा आर्थिक सहयोग गर्न सम्पूर्ण दाता संघसंस्था एबं ब्याक्तीहरु लाई एनआरएनए एनसिसि युएईको बार्सित्कोत्सब समारोहको कार्यक्रममा सम्मान पत्र द्वारा सम्मानित गर्न ,युएईमा कार्यरत नेपाली घरेलु महिला कामदारहरुले भोगिरहेका बार्सिक बिदामा नेपाल पुगेर फर्कन नपाउने समस्यालाई सहजीकरण गर्नको लागी नेपाली राजदुतावास अबुधाबी लाई ध्यानाकर्षण पत्र बुझाउने ,उज्यालो नेपालू को नारा राखेर एनआरएनए आइसिसिले घोषणा गरेको कार्यक्रमलाई स्वागत गर्दै यसलाई व्यापक प्रभावकारी ढंगले लागु गर्नको लागि एनआरएनए एनसिसि युएईले आबस्यक सहयोग गर्न निर्णय गरेको छ ।

बैठकले एनआरएनए युएईका केन्द्रिय र क्षेत्रीय सदस्यहरुको क्षमता अभिबृद्दी गराउने उद्देश्यले टिम भित्र बाटै केही तालीम प्रशिक्षणको ब्यबस्था गर्न सम्बन्धित बिषयमा बिज्ञता हासिल गरेका सदस्य हरुलाई जिम्मेवारी समेत दिएको छ जसअनुसार ।

कम्युटर सम्बन्धि प्रशिक्षणको लागि केन्द्रि सदस्यद्वय शकेशब नेपाल र बिष्णुहरि बगाले, अंग्रेजी भाषा तालिमको लागि महासचिव कृष्ण पौडेल एबं केन्द्रिय सदस्य शमसेर योञ्जन, त्यसैगरि प्राथमिक उपचार तालिम ँष्चकत ब्ष्म त्चबष्लष्लन को लागि केन्द्रिय सदस्य ओम प्रशाद उप्रेती लाई प्रशिक्षकको रुपमा जिम्मेवारी दिएको छ ।

तालीम रमादानको अबधिमा सन्चालन गरिने र इच्छुक केन्द्रिय सदस्य, क्षेत्रीय सदस्य, बिशेष समिति, उपसमिति सदस्य हरुलाई सम्बन्धित बिषयमा निशुल्क तालिम दिने र एनसिसिरआरसिसि ले तालीमका लागि सहयोग गर्न निर्णय गरेको श्रेष्ठले जानकारी दिएका छन ।

यस्तै युएईमा रहि ब्यापार ब्यबसायमा आबद्ध नेपाली हरु सङ आपसी हितका लागि हातेमालो गर्दै अगाडि बढ्न गोष्ठीको आयोजना गरि छलफल गर्न ,मुस्लिम धर्मावलम्बीको ठूलो चाड रमादानमा इफ्तारि दिने र इद मिलन कार्यक्रम गर्नको लागि केन्द्रिय सदस्य समिम खान लाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

बैठकले अबुधाबीमा कार्यरत पन्जिकृत सदस्य सुमन पराजुली गोबिन्द लाई एनआरएनए एनसिसि युएईको केन्द्रीय सदस्य पदमा मनोनीत गरेको छ भने एनआरएनए एनसिसि युएइ का बिभिन्न बिभागिय समिति अन्तर्गत राहत तथा उद्दार समितिको सदस्यमा राज थापा, भाषा कला साहित्य समितिमा रमेश खड्का काशी र साँस्कृतिक बिभाग सदस्यमा कृष्ण सुनार लाई मनोनीत समेत गरेको छ ।

झन्डै ३ घन्टा लामो बैठकले युएईको बसाइ लाई बिट मारी नेपाल फर्कन लागेका एनआरएनए क्षेत्रीय समन्वय परिषद अलऐन का सचिब एबं पत्रकार डिल्ली हुमागाई लाई योगदानको कदर गर्दै दोसल्ला र प्रमाणपत्र सहित बिदाई समेत गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्