Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फिलिपिन्समा भूकम्प

काठमाडौं । फिलिपिन्समा शनिबार ६.१ म्याग्निच्युडको  भूकम्प गएको कुरा अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्थाले उक्त जानकारी दिएको छ ।

शनिबार अपरान्ह स्थानीय समयानुसार २ः१९ बजे आएको यो भूकम्प ५.९ म्याग्नीच्युडको मात्र भएको फिलिपिन्सका अधिकारीले जानकारी दिएका छन् ।

यस भूकम्पमा हालसम्म मानवीय र सम्पत्तिको क्षतिको कुनै विवरण प्राप्त नभएको र यस विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

भूकम्पको केन्द्र विन्दु राजधानी मनिलाबाट ३१० किलोमिटर पूर्वमा रहेको स्थानको आपपास नै १७.९ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: