मध्यरातमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु

चितवन, बैशाख २३ । भरतपुर महानगरपालिका–१४ वीरेन्द्र टोलमा गए राति एउटा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना१४प ८८२ नंको मोटरसाइकल अनियन्त्रित भई राति १२ः१५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी ३५ वर्षीय भरत रामदाम र उनका छोरा मोटरसाइकल पछाडि बसेका ११ वर्षीय समीर रामदामको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भई उपचारका लागि चितवन मेडिकल कलेजमा ल्याएकामा चालक भरतको बिहान ३ बजे सोही मेडिकल कलेजमा र छोरा समीरको बिहान ४ बजे पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक भरतले अत्यधिक मादकपदार्थ सेवन गरी तीव्र गतिमा हाँकेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्