चुटकिला : कानुनी भाषा

कानुन विषयको पढाइ भईरहेको थियो ।

प्रोफेसरले एकजना विद्यार्थीलाई प्रश्न सोध्नु भयो।

प्रोफेसर: ल भन, तिमीले मलाई सुन्तला दिनु पर्यो भने,के भनेर दिन्छौ?

विद्यार्थी : “सर,सुन्तला लिनुहोस।” भन्छु।

प्रोफेसर : त्यसो होईन।

कानुनी भाषामा भन।

विद्यार्थी : ” सुर्खेत जिल्ला,विरेन्द्रनगर नगरपालिका वडा नंबर १०,साबिकको लाटीकोईली गाविस,वडा नंबर ९ दिपनगर सुर्खेतमा बस्ने,हरिनारायण पाण्डेको नाति,रामनारायण पाण्डेको छोरा,बर्ष २१ को लक्ष्मीनारायण पाण्डे आगे तपाईं कानुन विषय अध्यापनरत प्रोफेसर वर्ष ५० को देवीलाल सापकोटालाई,कानुन विषय पठनपाठन भईरहेका बखतमा २००ग्रामको,पहेंलो रंगको, राम्रोसंग पाकेको अन्दाजी रु.१०/-को गोलाकार सुन्तला दाना-१,त्यस भित्रको बियां तथा बाहिरी बोक्रा समेतको कुनै पैंसा नलिने सर्तमा,मेरा कक्षाका सहपाठीहरुको रोहबरमा कसैको करकापमा नपरि मेरो मनोमानी राजिखुसीले आजकै मितिमा दिएको कुरा सांचो सत्य हो।

तपाईं ऐ.प्रोफेसर देवीलाल सापकोटाले उक्त सुन्तलाको जुस निकालेर वा बोक्रा छोडाएर,त्यसको बियां फालेर वा नफालेर खाएमा कुनै फरक पर्ने छैन।

ऐ. सुन्तला तपाईंले ईच्छा लागेको ब्यक्तिलाई बांडीचुडी गरि खाएमा समेत मेरो कुनै हक दावी हुने छैन।……… उक्त सुन्तला मैले तपाईंलाई दिएको हैन छैन भनेमा कानुन बमोजिम सहुंला बुझाउंला।

साथै…..

(प्रोफेसर ट्वाल्ल परेर एकहोरो सुनी रहन्छन्।)

कमेन्ट गर्नुहोस्