अभिनेत्री सोनम र बिजनेशम्यान आनन्द लगनगाँठो कस्दै

करियरसँग सम्झौता नगर्ने भएकाले विवाहलगतै काममै फर्किने

मुम्बइृ । बलिउड चर्चित अभिनेत्री सोनम कपुर बिजनेशम्यान आनन्द आहुजनासँग ८ मे का दिन लगनगाँठो कस्ने भएकी छन् ।

विवाह भएको लगत्तै उनी कान्स चलचित्र फेस्टिबलमा सहभागी हुने भएकी छन् । जहाँ १४–१५ मे का दिन कार्पेटमा क्याटवाक गर्ने तयारीम रहेकी छन् ।

बताएअनुसार त्यहाँ उनी आफ्नो पति आहुजाको साथमा आइपुग्ने छन् । एक रिपोर्टअनुसार जबकी उनकी पति आनन्द उनको साथ कान्समा सहभागी हुने छैन।

मुम्बर्इ मिररका रिपोर्टअनुसार आनन्द आहुजा फेस्टिबल कान्समा अभिनेत्री सोनमका साथ उपस्थित हुने छैन । रिपोर्टका अनुसार त अभिनेत्री सोनम र आनन्द हनिमुनका लागि अक्टुबर र नोभेम्बरतिर जान पनि सकिन्थ्यो । तर, अभिनेत्री सोनम कपुरकाे अपकमिङ प्रोजेक्टका कारण उनीहरु हनिमुनका लागि जान नपाउने भएका छन् ।

स्रोतका अनुसार अभिनेत्री सोनम विवाह लगत्तै कान्समा सहभागी हुने तयारी गरिरहेकी छन् । त्यसपछि चलचित्र ‘एक लड्की को देखा तो ऐसा लगा’ को सुटिङ्ग पूरा गर्ने र  अर्को चलचित्र ‘वीरे दी वेडिङ’ प्रमोशनमा व्यस्त रहने जनाएका छन् ।

त्यसपछि फेरि उनी आफ्नो चलचित्र ‘द जोया फ्याक्टर’ को सुरु गर्ने छिन् जसको सुटिङ्ग एकदिनमै सकिने छ ।

अभिनेत्री सोनम आफ्नो करियरसँग कुनै कम्प्रोमाइज गर्दिनन्

सोनम कपुर सधै आफ्नो अन्तर्वार्तामा यही भन्ने गर्छिन् कि एक महिला विवाहपछि आफ्नो करियरसँग कुनै कम्प्रोमाइज गर्नुहुँदैन । अब उनी यसको सबैभन्दा राम्रो उदाहरण बन्न जाँदैछिन् । विवाहपछि उनी छिट्टै नै आफ्नो काममै फर्किने छिन् ।

विवाहपछि लगत्तै अभिनेत्री साेनम कपुर कान्समा सहभागी भर्इ रेड कार्पेटमा यसरी क्याटवाक गर्ने भएकी छिन्- 

कमेन्ट गर्नुहोस्