चुट्किला पढौं, खुलेर हासौं : शिक्षक र चेला

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..

एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..

दश मिनेटपछि त्यो छात्राले उठेर : सर…! थप कपी…दिनुहोश न

एकदम मिठो थियो

शिक्षक : चोरिको फल एकदम नराम्रो हुन्छ त्यसैले कहिले पनि चोरी नगर्नु

रामले बिचमै उठेर भन्यो तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिए त्यो त एकदम मिठो थियो त ।

प्रश्न पनि त एउटै थियो

शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?

राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त ….

कमेन्ट गर्नुहोस्