लायन्स क्लब अफ चन्द्रागिरिले निशुल्क आखाँ शिविर

काठमाडौं । लायन्स क्लब अफ चन्द्रागिरिले निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ ।

राजधानीको चन्द्रागिरिमा रहेको श्री चुनदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई निशुल्क आँखा जाँच गरिएको हो । दृष्टि आँखा अस्पताल कंलकीको प्राविधिक सहयोगमा २ सय ५० जनाको आँखा जाँच गरिएको सस्थाका उपाध्यक्ष रेशम दवाडीले जानकारी दिए । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै चन्द्रागिरि नगरपालिका मेयर घनश्याम गिरीले समाज समृद्ध हुनलाई स्वास्थ जीवन अपरिहार्य हुनुपर्नेमा जोड दिँदै लायन्स कल्व अफ चन्द्रागिरिले समाज रूपान्तरणको पाटोमा महत्त्वपूर्ण भूमिका खेल्नेमा आफु विश्वस्त रहेको वताए ।

उनले आफू मेयर हुनुपूर्व यसै स्कुलको स्थापना काल देखिनै प्रधानाध्यापक भएर काम गरेको स्मरण गर्दै हरेक विद्यार्थीहरूको स्वास्थ्यमा ख्याल राख्नु नगरको कर्तव्यबोध रहेको वताए । मेयर गिरीले भने ‘समाजको हरेक वर्ग समुदायको बालबालिकाहरू महत्त्वपूर्ण खम्बाको रूपमा रहेका हुन्छ र साना विद्यार्थीहरू भनेका भविष्यका कर्णधार हुन,उनिहरूको हरेक पाईलामा सवै तह र तप्काका वाट सहयोग र सद्भावको खाचो रहेको छ ।’

कार्यक्रममा लायन्स क्लव अफ चन्द्रागिरिका अध्यक्ष मनमाया गिरीले लायन्स क्लब समाज रूपान्तरणको पाटोमा कृयाशिल भएर लागिरहेको चर्चा गरिन,उनले लायन्स क्लव अफ चन्द्रागिरिले आगामी दिनहरूमा समाजमा महत्त्वपूर्ण भुमिका निभाउने बताइन् ।

कार्यक्रममा चम्किला तारा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तारा राना,समाज सेवी धर्मानन्द श्रेष्ठ लगायतले लायन्स क्लव अफ चन्द्रागिरिले निःशुल्क आँखा शिविरले सामुदायिक विद्यालयको विद्यार्थीहरूले प्रत्यक्ष लाभान्वित हुन सफल भएको औंलाएका थिए ।

कमेन्ट गर्नुहोस्