२ बजेको अपडेटः नेप्से ०.७१ प्रतिशतले घट्यो

वैशाख २३, काठमाडौं । साताको पहिलो दिन नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा शून्य दशमलव ७१ प्रतिशत घटेको छ ।

कारोबार भएको एक घण्टादेखि घटेको बजार यस समयमा ९ दशमलव ६७ अङ्कले घटेर १ हजार ३ सय ५६ दशमलव ४८ विन्दुमा पुगेको छ ।

कारोबार भएका आठ समूहको परिसूचकमा वित्त समूहको परिसूचक बढेको छभने बाँकी समूहको परिसूचक घटेको छ । कारोबार भएका १ सय ५० कम्पनीको रू. २१ करोड ६ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्