ट्रम्पको यस भनाइप्रति फ्रान्सले जनायो कडा आपत्ति

पेरिस । सन् २०१५ मा भएको पेरिस आक्रमणका बारेमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै गरेको एक टिप्पिणीप्रति फ्रान्सले विरोध जनाएको छ ।

गत शुक्रबार टेक्सासमा ‘रास्ट्रिय राइफल संघ’द्वारा आयोजित एक सभालाई सम्बोधन गर्दै ट्रम्पले नागरिकलाई बन्दुक राख्न दिएको भए उक्त हमला नहुने टिप्पिणी गरेका थिए ।

उनले यदि एक जनासँग पनि उक्त बेला बन्दुक भएको भए आक्रमणकारी कि भाग्ने कि मारिने विचार व्यक्त गरेका थिए।

समाचारहरूमा फ्रान्सले रास्ट्रपतिको भनाइप्रति फ्रान्सले रोष प्रकट गरेको उल्लेख छ ।

फ्रान्सका विदेश मंत्री जीन यवेस ले ड्रियनले उनको उक्त दावीको खण्डन गर्दै पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ ।

ट्रंपले उक्त वक्तव्यका दौरान बंदूकधारीहरूले पीडितहरूलाई बोलाउँदै गोली हान्दै गरेको भन्दै गोली चलाएको जस्तै अभिनय गर्दै ठट्टा गरेका थिए ।

फ्रान्सको विदेश मन्त्रालयले राष्ट्रपति ट्रम्पको यस भनाइले नागरिकलाई न्याय नगरेको प्रतिक्रिया दिएको छ ।

अमेरिकास्थित फ्रान्सेली दुतावासले समेत ट्विटमार्फत यसमा आफ्नो देशको असहमति रहेको जनाएको छ ।

सन् २०१५ नोभेम्बर मा पेरिसको एउटा सांगीतिक कार्यक्रममा केही बन्दुकधारीहरूले अन्धाधुन्द गोली चलाउँदा १ सय ३० जनाको ज्यान गएको थियो । आक्रमणकारीहरूले विष्फोटक जोडिएको बेल्ट समेत विस्फोट गराएका थिए ।

रास्ट्रपति ट्रंप नागरिकहरूले बन्दुक राख्न पाउनु पर्ने मतको समर्थनमा रहेका छन् । पछिल्लो केही समय यता अमेरिकाकमै उसको बन्दुक नीतिको विरोध हुँदै आएको छ ।

त्यहाँ समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न मागगर्दै जुलुस निकाल्ने गरिएको छ ।

फ्रान्सेली सामाजिक संजाल प्रयोगकर्ताहरूले ट्रम्पको उक्त भनाइ अमानवीय रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

ट्रम्पले उक्त हमला लगत्तै पनि यही आशयको ट्विट गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्