Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

देउवाविरुद्ध कडा रणनीति बनाउन रामचन्द्र पक्षको बैठक चाक्सीबारीमा शुरु

काठमाडौं, वैशाख २३ । नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा आफ्नो पक्षका नेताहरुलाई एकलौटी पदाधिकारी चयन गरेपछि रुष्ट बनेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केही नेताले छुट्टै बैठक गरेका छन्।

चुनावी समीक्षाका लागि बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेता सिंह, पौडेल, नवीन्द्रराज जोशी र अर्जुननरसिंह केसीको बैठक बसेको छ ।

गत महाधिवेशनमा देउवा पक्षबाट चुनावी प्रतिस्पर्धा गरेका केसीले पछिल्लो समय देउवाप्रति कडा अभिव्यक्ति दिँदै आएका छन्।

देउवाले पेल्दै गएकाले आगामी दिनमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने रणनीति तय गर्न बैठक बसेको हुनसक्ने पौडेल पक्षका एक नेताले बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: