मेस्सी र रोनाल्डोको अन्तिम भिड्न्त, गर या मरको अवस्थामा रोनाल्डो

काठमाडौं, वैशाख २३ । स्पेनिस ला लिगाको जारी सिजनमा अपराजित रहदै एक खेल बाँकी छदै बार्सिलोनाले गतसाता उपाधि जितिसेको छ । अब उसको एक मात्रै लक्ष्य भनेको जारी सिजनलाई अपराजित टुंग्याउनु हो । यी प्रतिस्पर्धी आज अन्तिम खेल खेल्दै छन् ।

उसको बाटोको मुख्य बाधक बनेर आइतबार राति रियल म्याड्रिड उसैको घरेलु मैदानमा भिड्दैछ। एल क्लासिकोको यस सिजनको अन्तिम खेलमा यी दुर्इ टोली आज राति भिड्न लागेका हुन्।

यस सिजनमा हार नबेहोरेको बार्सिलोना घरेलु मैदानमा त्यसलार्इ निरन्तरता दिने सोचमा छ भने उपाधि गुमाइसकेको रियल बार्सिलोनालार्इ पराजित गर्दै घाउमा मल्हम लगाउने दाउमा छ ।

यस सिजनको एल क्लासिकोमा भने यी दुर्इ टोलीहरुबीच कडा प्रतिस्पर्धा भएको छ। यसअघि भएका पछिल्ला चार एलक्लासिकोमा दुवै टोलीले २–२ खेल जितेका छन्। एल क्लासिकोको इतिहासमा २३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ।

कमेन्ट गर्नुहोस्