मलेसियामा फोनिजको शाखा गठन, अध्यक्षमा सुनाखरी मगर चयन

मलेसिया, वैशाख २३ । मलेसियामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को शाखा गठन भएको छ ।

द फाइव इलामेन्ट होटल क्वालालम्पुरमा भएको प्रथम अधिवेशनले शाखाको अध्यक्षमा सुनाखरी मगरलाई चयन गरेको छ ।

आदिबासी जनजाति पत्रकार महासघ केन्द्रीय ब्युरोका संगठन बिभाग सचिब मिलन लिम्बु र लिम्बु पत्रकार महासंघका अध्यक्ष देबेन्द्र खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशनले एक सदस्य जना सदस्यपछि थप गर्ने गरि ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा दिपखादी लिम्बु, सचिवमा आरएन चौधरी, सहसचिवमा इशा रानामगर र कोषाध्यक्षमा मजदुर अनलाइन डटकमका कार्यकारी सम्पादक अर्पण मगरलाई चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा नोर्बु तामाङ, बेग आले मगर, सन्तोष योन्जन तामाङ, सबिन राइ र पासाङ तामाङ रहेका छन ।

आदिवासी जनजाती समुदायहरुको माग मुद्दालाई राज्यको मुलधारका मिडियाहरुले स्थान नदिदा आदिवासी जनजातिहरुले स‌ंचारको बिकल्प छुट्टै पत्रकार सङठनको महसुस गरेर मलेसियामा पनि शाखा बिस्तार गरिएको नव निर्वाचित अध्यक्ष मगर ले बताए ।

सन् १९९९ मा नेपालमा गठन गरिएको फोनिजले आफ्नो शाखा मलेसिया लगायत खाडीका विभिन्न देशहरुमा बिस्तार गरि सकेको छ ।

कमेन्ट गर्नुहोस्