Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अज्ञात समूहको गोली प्रहारबाट सिराहामा एक यूवकको हत्या

सिरहा, बैशाख २४ । सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक यूवकको हत्या भएको छ ।

सिरहाको अर्नमा गाउँपालिका वडा नं. १ बस्ने उपेन्द्र कुमार सिंहका छोरा अन्दाजी वर्ष २१ का धर्मेन्द्र कुमार सिंहमाथि अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएको छ ।

आइतबार राती करिब ११ः१० बजेको समयमा धर्मेन्द्र माथि गोली प्रहारहुदाँ उपचारको लागि लहान लर्दैगर्दा बाटोमा मृत्यु भएको छ । लासलाई पोष्टमाटमको लागि लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजन भेटवालले बताएकाछन् ।

अनुसन्धानको लागि स्थानीयवासी सन्तोष कुमार सिंहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ भने थप बिबरण आउन बाकि रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: