लगातार महँगियो सुनचाँदीको मूल्य !

काठमाडौं । साताको सुरुको आइतबार सुनको मूल्य तीन सयले बढेको छ। आज छापावाला सुन तोलामा ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने आज सुनको मूल्य प्रतितोला ५८ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ७६० रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले बढेर चाँदीको प्रतितोला मूल्य ७६५ रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्