गोली प्रहारबाट एक युवाको हत्या

सिरहा । सिरहाको अर्नमा गाउँपालिकामा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको हत्या भएको छ ।

अर्नमा गाउँपालिका १ का २१ वर्षीय धर्मेन्द्रकुमार सिंहको अज्ञात समूहले प्रहार गाली लागेर मृत्यु भएको हो ।

आइतबार राती धर्मेन्द्रमाथि गोली प्रहार भएको थियो । घाइते धर्मेन्द्रको उपचारको लागि लहान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्