अवैध लागूऔषधसहित राजधानीबाट पाँच जना पक्राउ

काठमाडौं, वैशाख २४ । काठमाडौं महानगरपालिका–१७ बालाजु बस्ने १७ वर्षीय बिश्व सेनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट १५ सय थानसहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ चेकप्वाइन्टमा पोखराबाट काठमाडौं आउँदै गरेको बा१६च २२०३ नम्बरको गाडी जाँच गर्ने क्रममा सेनले झोलामा लुकाईछिपाई ल्याएको उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–१६ बनस्थलीबाट नुवाकोट बिदुर नगरपालिका–१३ कल्याणपुरका २४ वर्षीय धनबहादुर तामाङलाई करीब १ केजी चरेश जस्तो देखिने लागूऔषधसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी, भक्तपुरको ब्यासी बस्ने १८ वर्षीय थुनिस बासुकला र भक्तपुर उपमहानगरपालिका–१० महालक्ष्मीस्थान बस्ने १८ वर्षीय मुकेश गोपीलाई लागूऔषध चरेश ३ ग्रामसहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी र चोरी सम्बन्धी मुद्धाको महानगरीय प्रहरी परिसर भक्तपुरमा रहेका थुनुवा सुजन हेङगजुलाई भेट्न आएका थुनिस र मुकेशलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट उक्त लागूऔषध बरामद भएको प्रहरीले बताएको छ ।

ललितपुर महानगरपालिका लगनखेल चोकबाट काठमाडौं डल्लु बस्ने २४ वर्षीय सविन शाहीलाई १० ग्राम लागूऔषध चरेश, नाइट्रोभेट क्याप्सुल १० थान, नगद १४ हजार ८ सय ४६ नेपाली रुपैयाँ, ३ सय १० भारतीय रुपैयाँ र मोबाईल १ थान सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।

घटनाका सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्