गजलः तिमी हाँसे जगतै हाँस्छ

कथा मिठा जिन्दगीका,बाचेर त हेर
तिमी हाँसे हाँस्छ जगत, हासेर त हेर

मरेपछिको स्वर्ग कसले नै पो देख्या छ ररु
यहि छ स्वर्ग,यहि छ नर्क जाचेर त हेर

उडि छुनु चन्द्र ,लक्ष्य लिदा भन्छन्
सफलताका सपना साचेर त हेर

हास्दा गजल,हेर्दा गजल, गजल नै त रहेछ जिवन
संगीत मिलाई आफ्नै ताल मा नाचेर त हेर

तिमी हासे हास्छ जगत ,हासेर त हेर !!

कमेन्ट गर्नुहोस्