माओवादी र एमाले निकट प्रवासी नेपाली मञ्चले कतारमा मनाए संयुक्त रुपमा मे दिवस

दोहा । नेपालमा नेकपा माओवादी केन्द्र र एमाले पार्टी एकीकरणको संघारमा रहेका बेलामा यता कतारमा भने दुई पार्टी निकट प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्चले संयुक्त रुपमा १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा मनाएका छन् ।

सनैयाको रोटाना रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्चका संयोजक रकमध्वज रार्इको सभापतित्व रहेको थियो भने कार्यक्रम प्रवासी नेपाली मञ्चका कार्यवाहक महासचिव प्रभात त्रिपाठीले संचालन गरेका थिए।

अतिथिमा प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनिकुमार वली, युवा नेता बिबि खराल , प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष दिलकिरण खजुम लिम्बू, नेपाली जनप्रगतिशिल मञ्चका पूर्वअध्यक्ष रमेश भट्ट, प्रवासी नेपाली मञ्चका निबर्तमान अध्यक्ष रामहरी गैह्रे, कावा अध्यक्ष चानीलाल राजबंशी, नेपाली जनप्रगतिशिल मञ्चका संस्थापक उपाध्यक्ष प्रेम बिक, प्रवासी नेपाली मञ्चका सागर नेपाल, रेनु कार्की लगायत बामपंथी बुद्धिजीवीले अतिथी आशन ग्रहण गरेका थिए।

उपस्थित प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्चका नेता तथा कार्यकर्ता एबम बामपंथी बुद्धिजीवीलाइ जनप्रगतिशिल मञ्चका सह संयोजक राजु डुम्रेले स्वागत भाषण द्वारा स्वागत गरेका थिए।

मे दिवसको शुभकामनाका क्रममा दुबै संगठनका संस्थापक तथा अगुवाहरुले बिश्वका मजदुरहरुले विभिन्न कालखण्डमा गरेका मजदुर क्रान्तिको स्मरण गरेका थिए।

कमेन्ट गर्नुहोस्