Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

उत्तर कोरियाले दियो धम्की: अमेरिकाले जिस्काउन जारी राखे समस्या हुने

उत्तर कोरियाले दुई देशबीच ऐतिहासिक सम्मेलनको तयारी भइरहेका बेला ‘दबाब र सैन्य धम्की’को भाषा प्रयोग नगर्न अमेरिकालाई चेतावनी दिएको छ ।

प्योङयाङ विदेश मंत्रालयका एक अधिकारीले अमेरिकाले जानाजान कडा आर्थिक प्रतिबन्धको कुरा झिकेर उत्तर कोरियालाई जिस्काइ रहेको आरोप लगाएका छन् ।

उत्तर कोरियाली सरकारी समाचार एजेंसी केसीएनएका एक अधिकारीका अनुसार अमेरिकाले उत्तर कोरियाले प्रतिबन्ध र अन्य दबाबहरूका कारण  आफ्ना परमाणु हतियार नष्ट गर्ने कुरामा सहमति जनाएको भन्दै जनतालाई ‘झुक्याउने’ गरेको छ ।  

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रंप उत्तर कोरियाका राष्ट्रपति किम जोङ्ग  उन केही हप्ताभित्र नै ऐतिहासिक भेटवार्ताका निम्ति राजी भएका छन् । दुवै राष्ट्रपतिहरूबीच यो पहिलो भेटवार्ता हुनेछ ।

दुवै कोरियाबीच महिनौं युद्धको स्थिति पछि गत महिना मात्रै उत्तर र दक्षिण कोरियाको सीमामा एउटा सम्मेलन भएको थियो जसमा दुवै नेता उक्त क्षेत्रलाई परमाणु मुक्त गर्ने कुरामा सहमत भएका थिए ।

उक्त सम्मेलनमा किम १९५३ को कोरिया युद्धपछि दक्षिण कोरियाली भूमिमा टेक्ने पहिलो उत्तर कोरियाली नेता बनेका थिए ।

दुई देशबीच महत्वपूर्ण र ऐतिहासिक सम्मेलन तय भएपनि दुई देशबीचको वाकयुद्ध जारी रहनुले दुई देशबीचको वार्ता त्यति सहज नहुने आशंकाहरू गरिन थालेका छन् ।

उत्तर कोरियाली सरकारी समाचार एजेंसी केसीएनएका एक अधिकारीका अनुसार अमेरिकाले उत्तर कोरियाले प्रतिबन्ध र अन्य दबाबहरूका कारण  आफ्ना परमाणु हतियार नष्ट गर्ने कुरामा सहमति जनाएको भन्दै जनतालाई ‘झुक्याउने’ गरेको छ ।

उक्त बयानमा अमेरिकाले अहिलेकोराम्रो वातावरणलाई कोरियाली प्रायःद्वीपमा सैन्य बन्दोबस्तीका समान थुपारेर बिथोल्ने प्रयासमा रहेको छ ।

उक्त बयानमा यस्ता गतिविधिले शान्तिका लागि दुवै कोरियाले गरेको मेहनत खेर जाने स्थिति पहिले जस्तै हुने आशंका व्यक्त गरिएको छ ।

प्योङयाङ विदेश मंत्रालयका एक अधिकारीले अमेरिकाले जानाजान कडा आर्थिक प्रतिबन्धको कुरा झिकेर उत्तर कोरियालाई जिस्काइ रहेको आरोप लगाएका छन् ।

उक्त बयानमा उत्तर कोरियाले शान्तिको चाहना गरेको तर यदि अमेरिकाले यसलाई कमजोरी ठानेर सैन्य धम्कीहरू दिन जारी राखेको खण्डमा परिस्थिति जटिल हुने भनिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रंपले आफू उत्तर कोरियामाथि दबाब र अन्य प्रतिबन्धहरू जारी राख्ने पक्षमा रहेको बताएका थिए । उनका अनुसार यस्ता कडा कदमहरूले सम्झौताको वातावरण तयार गर्नेछन् ।

यस अघि २७ अप्रिलमा किम र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले पममुंजम क्षेत्रको सीमावर्ती गाउँमा भेट गरिसकेका छन् ।

उक्त भेटमा किमले आफूले चीन र अमेरिकासँग कोरियाली युद्ध औपचारिक रूपमा समाप्त गर्ने सम्बन्धमा कुरा गर्ने भनेका थिए ।

ट्रंपले उनी र किमबीच भेटवार्ताको मिति र स्थान तय भइसकेको बताएका छन् तर यसको जानकारी भने अहिलेसम्म दिइएको छैन ।

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: