Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सुरक्षा सावधानी अपनाउन आफ्ना नागरिकलाई नेपाली दूतावास मलेसियाको अनुरोध

मलेसिया, वैशाख २४ । मे ९ तारीखमा मलेसियामा हुन गईरहेको आम निर्वाचनमा सुरक्षा सावधानी अपनाउन आफ्ना नागरिकलाई नेपाली राजदूतावासले अनुरोध गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै दूतावासले आम निर्वाचनलाई लक्षीत गर्दै बुधबार दूतावास बन्द हुने समेत जानकारी दिएको छ ।

मलेसियामा हुन लागेको आम निर्वाचनको दिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालित हुने, दंगा वा झडप हुन सक्ने, प्रहरीले धरपक्कड गर्न सक्ने आदी कारणहरुले सम्पूर्ण नेपाली कामदारहरुलाई उक्त दिन आ–आफ्नो होस्टेल र कम्पनी भित्रै बस्न र बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको छ ।

मलेसियाको कानुन अनुसार नेपाली कामदारहरुले कुनैपनि राजनीतिक गतिविधि गर्न नपाईने हुँदा उक्त दिन भेला हुने, अपरिचित व्यक्तिले अह्राएको काम गर्ने, लाइनमा बस्ने, होहल्ला गर्ने लगायतका गतिविधि नगर्नसमेत दूतावासले सबैलाई सचेत गराएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: