Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अबुधाबीमा बुद्दजयन्ती साँस्कृतिक साँझ

युएई, बैशाख २४- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले आउदो शुक्रबार ११ तारीखका दिन अबुधाबीमा २५६२ औं बुद्धजयन्ती विशेष कार्यक्रमको आयोजना गरेको छ ।

अबुधाबी मुसफामा रहेको मलायली समाजको सभाहला हुन लागेको कार्यक्रममा युएईका विभिन्न सहरमा कार्यरत नेपालीहरुलाई सहभागिता जनाउन आयोजकले अनुरोध गरेका छन् ।

कार्यक्रममा बुद्ध धर्म सम्बन्धि प्रवचन, पुजापाठ, मोलम, प्रसाद ग्रहण साथै नेपाली संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रममा पुजा पाठ र प्रबचन सङ्गै मनोरञ्जनात्मक प्रस्तुतिका लागि नेपालबाट चर्चित गायक अनिल सिंह र गायिका अमृता साम्बाहाम्फेलाई निमन्त्रणा गरिएको छ । नेपालबाट आमन्त्रित तथा युएईमै कार्यरत कलाकारहरुको साथमा विभिन्न प्रस्तुती देखाउदै कार्यक्रममा उपस्थित सबैलाई मनोरञ्जन दिने आयोजको तयारी छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएई लगायत झण्डै दुई दर्जन सामाजिक संघसंस्था र व्यावसायीक कम्पनीहरुको सहकार्य रहेको कार्यक्रमलाई हिमालयन एअरलाइन्सले मुख्य प्रायोजन गरेको हो ।

यता युएईकै दुबई स्थित अल्कुजमा समेत सोही दिन बुद्धजयन्ती विशेष कार्यक्रम आयोजना गरिएको छ ।

सुरुमा ईनासको समेत सहभागीता रहने भनिएको कार्यक्रममा विवाद उत्पन्न भए पश्चात् दुबईमा रहेका संघसंस्थाको सयुक्त आयोजनामा कार्यक्रम गर्न तयारी गरेका छन ।

अघिल्लो बर्ष गरेका कार्यक्रममा आयोजकले आर्थिक पारदर्शिता देखाउन नसकेको तथा कलाकार छनोटमा एकलौटी निर्णय गरेको भन्दै इनासले दुबईमा आयोजना गरेको कार्यक्रममा सहभागीता जनाए पनि कुनै प्रस्तुति नदिने निर्णय गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: