दोलखाका किपा रिन्जी शेर्पाको मलेसियामा ज्यान गयो

मलेसिया।
बैशाख २५, वैदेशिक रोजगारिका लागि मलेसिया गएका दोलखा ठुलोपातल गापा नीगालेका किपा रिन्जी शेर्पाको गत सनिवार मलेसियामा मृत्यु भएको छ ।

दिप ज्योती ओभरसिज प्रा०लि महाराजगन्ज काठमाडौ बाट मलेसिया स्थित जलान जेस्मिन रबाङ को अटो पार्ट मेनिफेक्चरिङ कम्पनीमा लेबर कामको लागि गएका शेर्पा काम बाट सकुशल फर्किएर कोठामा आएका भएपनि साथीहरू संग बसिरहेकै बेला अचानक बेहोस भै ढलेका थिए ।लगत्तै साथीहरू ले नजिकै को अस्पताल पुर्याएका भएपनि अस्पताल पुग्ने बितिक्कै शेर्पा को मृत्यु भैसकेको अस्पतालले घोषणा गरेको थियो ।

मृतक को शव लाई पोस्टमार्टम पछि आबस्यक प्रक्रिया पूरा गरि नेपाल पठाइएको नेपाली दूतावास मलेसियाले जानकारी दिएको छ । शव लाई नेपाल पठाउदा लाग्ने सम्पुर्ण खर्च रोजगारदाता कम्पनी ले बेहोरेको छ भने बिमाबापतको रकम भने नपाएको मृतका आफन्त पेमा दोर्जी शेर्पा ले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्