वैदेशिक रोजगारीका सम्बन्धमा भएको नयाँ ब्यबस्थाका चुनौती र अवसर।

सन्तोष खडेरी

बैशाख २५,मंगलवार
बैदेशिक रोजगारीमा बिदेशी कम्पनीहरुले नेपालबाट नेपाली श्रमिकहरु लैजाने मागपत्र सम्बन्धित देशका नेपाली नियोगबाट प्रमाणिकरण गर्ने ब्यबस्थालाई हिजो सोमबारको मन्त्रीपरिषद बैठकले स्वीकृत गर्दै बैदेशिक रोजगारीलाई ब्यबस्थित बनाउन एक कदम अघि बढेर नितिगत निर्णय त गरेको छ ।तर सरकारले जुन उद्देश्य परिपूर्ति गर्न यो निर्णय गर्यो त्यही अनरुप यसको कार्यान्वयन हुन सकेन भने वैदेशिक रोजगार ब्यबसायमा व्यावसायि-दूतावासको मिलेमतोमा अर्को सिण्डिकेट खडा हुनेछ जसको अवस्था अर्को भयावह समेत हुन सक्छ।
जसरी पछिल्ला दिनमा सरकारले वैदेशिक रोजगार व्यावसायीलाई नै राजदूत नियुक्त गर्ने गलत नजिर स्थापना गरेको छ त्यसको असर अब यहाँ प्रत्यक्ष देखिन्छ जहाँ दूतावास निकट मेनपावर ब्यबसायिको मात्र मागपत्र स्वीकृत हुने अन्यको नहुने र तिनले तिनै निकट व्यावसायि बाट मात्र मागपत्र किन्ने स्थिति आए यो क्षेत्र झन महंगो सावित हुनेछ।

नयाँ प्रावधान अनुसार मेनपावर व्यावसायि भन्दा बढी मागपत्र स्वीकृत गर्ने दूतावास धेरै जिम्मेवार र जवाफदेही हुनेछन भने कामदार अलपत्र पर्ने दरमा समेत गिरावट आउनेछ यदि दूतावास थप जिम्मेवार र जवाफदेही भएर रोजगारदाता कम्पनीको अवस्था अध्ययन गर्ने हो भने। त्यो संगै रोजगारदाता कम्पनी समेत दूतावास प्रती नै अब थप जिम्मेवार र उत्तरदायी हुनेछन् जसलाई दूतावास प्रती जवाफदेही नभए मागपत्र स्वीकृत नहुने हो कि भन्ने भान पर्नेछ त्यसैले कामदारको उद्दार , सेवा सुविधा र सुरक्षाका मामिलामा दूतावासको हात माथी पर्नेछ। त्यस्तै व्यावसायि समेत कामदारको माग ल्याउनका लागि प्रत्यक्ष फिल्डमा खटिए उनीहरुले समेत कम्पनीको अवस्था बारे बुझ्नेछन तर हाल नेपालको राजधानीमा रहेका ब्यबसायिले कुनै पक्ष समेत नबुझी मागकै आधारमा कामदार पठाउने गरेका कारण समेत कामदार समस्यामा पर्ने गरेका छन्।
कतिपय कामदारको मागपत्र नै प्रमाणिकरण गर्ने प्रारम्भ सम्बन्धित देशका नियोगबाट हुँदा समस्याको ठूलो निराकरण हुने सरकारी बिश्वास छ तर यसलाई ब्यबस्थित गर्न सरकारले दूतावास माथी नै अनुगमन र नियमन गर्ने बलियो अर्को संयत्रको विकास गर्नुपर्छ तर यसलाई हचुँवाका भरमा छोडिए त्यसले अर्को दुर्घटना निम्त्याउने निस्चित छ जहाँ राज्यको प्रत्यक्ष उपस्थिति न्यून हुने तर दूतावास , रोजगारदाता कम्पनी र व्यावसायिको मिलेमतो संस्थागत रुपमा फस्टाउने अवस्था बारे बेलैमा सचेत हुन पर्छ।

सम्बन्धित मुलुक संग कामदारका न्युनतम सेवा , सुविधा , सुरक्षाको राम्रो ग्यारेन्टी सहित तलव नै तोकेर नयाँ श्रमसम्झौता गरि सरकारी स्तरबाट शून्य लागतमा कामदार पठाउने , बिदेश स्थित दूतावास नियोगलाई अंझ प्रभावकारी र श्रोत साधन सम्पन्न बनाउने , नेपालको अन्तर्राष्ट्रिय बिमानस्थलको अध्यागमनलाई थप कडाई गर्ने र गाउँगाउँमा स्थानीयतह मार्गत जनस्तरमा बैदेशिक रोजगारी क्षेत्रबारे जनचेतना जागृत नगरे सम्म कामदारले अनुभूति गर्ने गरि बैदेशिक रोजगारी ब्यबस्थित भने हुन सक्दैन।

कमेन्ट गर्नुहोस्