वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउनुपर्छ : गृहमन्त्री बादल

काठमाडौं, बैशाख २५ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वाइसिएललाई उत्पादन ब्रिगेडका रुपमा अघि बढाउने पार्टीको योजना रहेको बताएका छन् ।

सोमवार योङ कम्युनिष्ट लिग (वाइसिएल) ले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका तथा अन्तरक्रिया’ विषयक कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुखसमेत रहेका गृहमन्त्री थापाले भ्रष्ट, तस्कर, सिन्डिकेटविरुद्ध अभियान शुरु गरेको भन्दै यसलाई निष्कर्षमा पु-याई छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री थापाले समाजको विकृति र विसङ्गतिविरुद्ध सरकारले शुरु गरेको अभियानमा युवालाई साथ दिन आह्वान गरेका छन् ।

उनले जनताको आकांक्षा र देशको विकास तथा समृद्धिकालक्ष्यसहित माओवादी केन्द्र र नेकपा (एमाले) बीचको पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी समेत दिए ।

कमेन्ट गर्नुहोस्