Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

माओवादी संसदीय दलको बैठकमा अाज प्रचण्डले जवाफ दिने

काठमाडौं, बैशाख २५ । माओवादी केन्द्रका संसदीय दलको सोमबारको बैठक अाज पुनः बस्ने गरी सकिएको थियाे ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार बिहान बसेको बैठकमा आर्थिक वर्ष ०७५–७६ को बजेटका बारेमा छलफल सुरु भएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

सोमबार बैठकमा माओवादी सांसदहरुले बजेटबारे आ–आफ्नो धारणा राखेका थिए । सांसदहरुले धारणा राख्ने क्रम नसकिएपछि भोलि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

बैठकमा संसदमा पार्टीको भूमिका, सांसदहरुको जिम्मेवारी लगायतका विषयमा छलफल हुनेछ । आजको बैठकमा सांसदहरुलाई अध्यक्ष प्रचण्डले निर्देशन दिने तयारी थियो । तर बैठक अाज बस्ने गरी सकिएको छ।

अध्यक्ष प्रचण्डले अाजको बैठकमा पार्टी एकता प्रक्रियामा भइरहेका प्रगतिका विषयमा पनि जानकारी गराउने बताइएको छ । बैठकमा प्रचण्डले एकता संयोजन समितिको बैठकले पार्टी एकता टुङ्गाउने बताए ।

अाजको बैठकमा अध्यक्ष प्रचण्डले बजेट तथा सरकारको नीति तथा कार्यक्रमका विषयमा पार्टीका सांसद र सरकारमा सहभागी भएका मन्त्रीहरूलाई आवश्यक निर्देशन दिने कार्यसूचि छ ।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भइरहेका ‘वान टु वान’ बैठकले पार्टी एकतालाई सकरात्मक दिशामा अघि बढिरहेको जानकारी गराएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: