आनन्दसंग विवाह गरिन सोनमले

बलिउडका धेरै सेलिब्रेटीले आफ्नो क्षेत्रभन्दा बाहिरका जीवनसाथी रोजेका छन्

मुम्बईमा मंगलबार बलिउड क्षेत्रका चर्चित अभिनेत्री सोनम कपुर र व्यवसायी आनन्द आहूजाको विवाह हुँदैछ । उनको विवाहअघिका कार्यक्रमका तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् ।

आनन्द अहूजा दिल्लीका व्यापारी हुन् र शाही एक्पोर्टस् कम्पनीका म्यानेजिङ डिरेक्टर हुन् ।

सोनमले फिल्मी जगत् बाहिरका जीवनसाथी रोजेकी हुन् । तर यसो गर्ने उनी पहिलो अभिनेत्री भने होइनन् ।

फिल्मी क्षेत्रभन्दा बाहिरका

यसअघि थुप्रै उदाहरण छन् । आज हामी तपाईंलाई ती अभिनेत्रीबारे जानकारी दिँदै छौं ।

सलमान खान, आमिर खान र अक्षय कुमारजस्ता अभिनेतासँग काम गरिसकेकी आसिनले पनि बलिउड बाहिरका जीवनसाथी चुनिन् ।

उनको विवाह व्यापारी राहुल शर्मासँग सन् २०१५ मा भयो ।

राहुल वाइयू टेलिवेन्चर्स र माइक्रोम्याक्स इन्फर्मेटिक्सका सह–संस्थापक हुन् । दुबैले एक नीजि समारोहमा विवाह गरे ।

शिल्पासँग राज कुन्द्रा

शिल्पा लामो समयदेखि फिल्मबाट टाढा छिन् तर आफ्नो फिटनेस भिडियोका कारण उनी सधैं चर्चामा छाइरहिन्छन् ।

खबरलाई मान्ने हो भने राज कुन्द्रा र शिल्पाको पहिलो भेट शिल्पाको परफ्युम ब्रान्डको लञ्चको क्रममा भएको थियो ।

यद्यपी, राज कुन्द्राको यो पहिलो विवाह भने होइन । यसअघि उनको विवाह कवितासँग भएको थियो ।

सन् २००९ मा राज कुन्द्रा र शिल्पाले विवाह गरे । दुबैका विवान नामका एक छोरा पनि छन् ।

जूही चावला

जूही चावलाले पनि बलिउडभन्दा परका उद्योगपती जय मेहतासँग विवाह गरिन् ।

जूही र उनका श्रीमान् इन्डियन प्रिमियर लीगको समूह कोलकाता नाइट राइडर्सका सह–मालिक पनि हुन् ।

सेलिना र पीटर ह्याग

सेलिना जेट्लीले पनि पीटर ह्यागसँग विवाह गरेर यो ट्रेन्डलाई अगाडि बढाइन् । पीटर होटल व्यवसायी हुन् । केही वर्षसम्म डेट गरेपछि दुबैले विवाह गरेका थिए । पीटर एम्मार हस्पिटालिटी ग्रुपका ग्रुप डाइरेक्टर अफ मार्केटिङ हुन् । दुबैले सन् २०११ मा विवाह गरे ।

अमृता अरोडाको रोजाईः

अमृता अरोडाको पनि व्यवसायी शकिल लाडकसँग भएको छ । शकिल हस्पिटालिटीको क्षेत्रमा एक चर्चित नाम हो ।

आयशा टाकिया

आयशा टाकियाको विवाह फरहान आजमीसँग भयो । फरहान रेष्टुरेन्ट व्यवसायी हुन् ।

यसका साथै, टीना मुनीम ९अब टीना अम्बानी० र मुमताजले पनि कारोबारीलाई जीवनसाथीको रुपमा चुने ।

यसका साथै, यो सूचीमा विराट कोहलीसँग विवाह गर्ने अनुष्का शर्मा, जहिर खानसँग विवाह गर्ने सागरिकाको नाम पनि समावेश छ ।

यो सूची यतिमा मात्र समाप्त हुँदैन । डाक्टरसँग विवाह गर्ने माधुरी दीक्षितदेखि हरभजन सिंहसँग विवाह गर्ने गीता बसरा पनि यो सूचीका केही अन्य नाम हुन् । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्