विश्व चर्चिच मोटर मर्सिडिजको नयाँ मोडेल लञ्च हुँदै, लैण्ड क्रूजरलाई ठूलो चुनाैति

मर्सिडिज बेञ्ज कारले २०१८ को अन्त्यसम्ममा भारतमा आफ्नो विलकुलै नयाँ मोडेल जी क्लास एसयूवी लञ्च गर्ने भएको छ । यो मर्सिडिज एएमजी जी ६३ को नयाँ भर्सन हुनेछ ।

भारतमा केही वर्ष अगाडि नै AMG G63 माेडेलकाे गाडी लञ्च गरिएको थियो । जुन एउटा लिमिटेड एडिसन एसयूवी थियो ।

नयाँ G63 गाडी निकै शक्तिशाली र पुराना मोडेलको तुलनामा धेरै लक्जरियर्स हुने बताइएको छ । यसअघि झै भारतमा यस पटक पनि जी क्लास केवल एएमजी भर्सनमा मात्र पाइनेछ । एसयूवीमा नयाँ एलइडी लाइट्स र पानोरामिक ग्रील हुने छ । यसबाहेक साइड एग्जस्ट, २२ इन्चको रिम्ज, ब्रेक कैलिपर्स, एएमजी बैज, फ्लेअर्ड वील आर्क्स समेत रहने छ ।

नयाँ जी ६३टघ एएमजीमा मर्सिडिज ४.० लिटरलीटर बाई टर्बो इन्जीन रहने छ जुन ५७७ बीएचपी क्षमता ८५० न्यूटन मीटर टार्क जेनरेट गर्ने छ । यो गाडी मात्रै ४.४ सेकेण्ड्समा १०० किलोमीटर प्रतिघण्टाको रफ्तार लिन सक्नेछ । पुरानो मोडेलको तुलनामा नयाँ जी सिरिज भर्सन कम तौलको हुने छ ।

Mercedes-AMG G63 नयाँ मोडेललाई भारतमा एसयूवीको नाममा उतारिने छ । यसको शोरुम मूल्य दुई करोड भारतीय रुपैयाँभन्दा धेरै हुने अनुमान गरिएको छ । भारतमा यसले टोयोटा लैण्ड क्रूजर गाडीलाई चुनौति दिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्