जापानी प्रधानमन्त्रीलाई इजरेलले जुत्तामा खाना पस्केपछि  

इजरेलको  प्रधानमन्त्री निवासमा आयोजित विशेष रात्रिभोजमा जापानी प्रधानमन्त्री र उनकी पत्नीलाई जुत्तामा खाना पस्किएपछि दुबै देशका कूटनीतिज्ञहरूका तीखा प्रतिक्रियाहरू आउन थालेका छन् ।

जापानका प्रधानमन्त्री शिंजो आवाज र उनकी पत्नी अकिई आबे इजरेली प्रधानमन्त्री बेन्यामिन नेतन्याहू र उनकी पत्नी सारा नेतन्याहूको निमन्त्रणमा २ मेका दिन प्रधानमन्त्री निवासमा रात्रिभोजमा जाँदा मुख्य खानापछि खान भनेर विशेष प्रकारको चकलेटलाई धातुको जुत्तामा ल्याइएको थियो ।

इजरेलका सेलिब्रिटी सेफ मोसे सेगेभले भव्य रात्रीभोजको अन्त्यमा चकलेटले बनेको जुत्तामा मिठाई पस्केका थिए ।

प्रधानमन्त्री आबेले त जुत्तामा राखेर ल्याइएको मिठाई मिना संकच खाए तर जापानी र इजरेली कूटनैतिक वृत्तहरूमा भने यसले नकारात्मक तरङ्ग ल्याउला जस्तो देखिएको छ ।

जापानी संस्कृतिमा जुत्तालाई साह्रै अपमानजनक मानिन्छ ।

इजरेलमा जापान मामिलाका विशेषज्ञहरू प्रधानमन्त्री आबेलई जुत्तामा राखेर खाना पक्स्किएको देखेर छक्क परेका थिए ।

इजरेली अखबार येदियोत अहरानोत सँग कुरा गर्दै जापानमा लामो समय कम गरेका एक जना वरिष्ठ इजरेली कूटनीतिज्ञले यसलाई “असंवेदनशील र मुर्खतापूर्ण फैसला” बताएका छन् ।

सामाजिक संजाल प्रयोगकर्ताहरूले सेगेभको इन्स्टाग्राम पोस्टमा कटु आलोचना गरेका छन्।

उनले भनेका छन्, जापानी संस्कृतिमा जुत्ताभन्दा तुच्छ केही मानिंदैन । जापानीहरू घरमा मात्र हैन कार्यालयहरूमा समेत जुत्ता बाहिर फुकालेर प्रवेश गर्दछन् ।  यहाँसम्म कि प्रधानमन्त्री, मन्त्री तथा सांसदहरू समेत आफ्नो कार्यालयभित्र जुत्ता लगेर जान्नन् । यो कुनै यहुदी पाहुनालाई सुँगुरको आकारमा खाना पस्केजस्तै हो ।”

येदियोत अहरानोत सँग कुरा गर्दै एक जना जापानी कूटनीतिज्ञले भने, “कुनै पनि संस्कृतिले जुत्तालाई खानको टेबलमा राख्ने अनुमति दिंदैन । ती भान्सेको दिमागमा खै के चलिराखेको थियो? यदि यो परिहास हो भने, माफ गर्नु होला हामीलाई यो राम्रो लागेन । हामी हाम्रा प्रधानमन्त्रीसँग भएको यस्तो व्यवहारबाट साह्रै दुःखी भएका छौं ।”

प्रधानमन्त्री नेतन्याहूका निजी सेफ पनि रहेका  सेगेभले सामाजिक संजालमा यस रात्रीभोजसँग सम्बन्धित तस्बिर पोस्ट गरेका थिए जसमा जुत्तामा राखिएको चकलेटको तस्बिर पनि थियो ।

एक सामाजिक संजाल प्रयोगकर्ताले यी तस्बिरहरूमा टिप्पणी गर्दै लेखेका छन्,”तपाईंले धेरै ठुलो गल्ति गर्नुभएको छ ।”

एउटा अन्य प्रयोगकर्ताले लेखेका छन्, “एउटा देशले यो कहिल्यै बिर्सिने छैन ।  सेगेभ मा तिमीलाई धेरै प्रेम गर्थे तर तिमीले हामीलाई लज्जित बनाएका छौ ।”

कयौं पुरस्कार जितिसकेका सेगेभ इजरेलका प्रमुख रेस्टुरेन्टक मालिक हुन् । उनले थुप्रै पुस्तक लेखेका छन् र उनी टेलिभिजन सेलिब्रिटी पनि हुन् । उनी इआइ एआइ विमानसेवाका प्रमुख सेफ पनि हुन् ।

आबे यस अघि २०१५ मा पनि इजरेलको भ्रमणमा आएका थिए । त्यसबेला उनी इजरेलको भ्रमण गर्ने पहिलो जापानी प्रधानमन्त्री थिए ।

आबे र नेतन्याहूको भेटको सिलसिलामा उत्तर कोरिया, इरानको परमाणु मामिला र इजरेल-प्यालेस्टाइन शान्तिवार्तामा विशेष चर्चा भएको थियो ।

स्यामुएल थ्रोप, जेरुसलेम पोस्ट

 

 

 

कमेन्ट गर्नुहोस्