पत्रकार सम्मेलन गर्दा गर्दै काठमाडौंबाट विप्लवका १० नेता पक्राउ

काठमाडौं, वैशाख २५ । राजधानीमा पत्रकार सम्मेलन गर्दा गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका १० जना कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्ने सबै नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका नेता कार्यकर्ता हुन् ।

पक्राउ पर्नेमा महासंघका अध्यक्ष अमर झाँक्री, महासचिव गोकुल दाहाल, सचिव देव परियार, केन्द्रीय सदस्यहरु शिशिर थापा, एलवि बुढाथोकी, टेक प्रधान, हरिचन्द्र खड्का, भिम अधिकारी, केशवबहादुर बुढा, विनोद सिर्पाइली, शिव परियार र नितु शाहलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी मोहन थापाका अनुसार उनीहरुलाई अनामनगरस्थित संवाद डबलीमा पत्रकार सम्मेलनबाट समातिएको हो ।

पक्राउ परेकाहरुलाई प्रहरी परिसर टेकु ल्याउने तयारी भइरहेको र उनीहरुमाथी चन्दा आतंक, नेपाल बन्द लगायतका अभियोगमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्