उपसभापतिमा मनोनित भएपछि बीपलिाई श्रद्धाञ्जली अर्पण गर्न दुम्जा पुगे निधि

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेसको उपसभापतिमा मनोनीत भएपछि नेता विमलेन्द्र निधिले बीपी कोइराला र उनका पूर्वजको ठाउँ सिन्धुलीको दुम्जा पुगेर वीपीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

सोमबार गृहनगर धनुषा पुगेर पिता महेन्द्रनारायण तथा पूर्वजको दाहसंस्कार गरिएको ठाउँमा माल्यार्पण गरेका उपसभापति निधि सोमबार राति दुम्जा पुगेका थिए।

मंगलबार बिहान कोइरालाको पूर्बजको ठाउँ दुम्जा पुगेर निधिले भने,े “म कांग्रेसको राजनीतिमा यहाँसम्म बीपी कोइरालाको आशीर्वादले नै पुगेको छु । त्यसैले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न दुम्जा आएको हुँ ।”

याे पनि पढ्नुस  व्यक्तिगत घटना दर्ता र सिफारिश निःशुल्क

२०३६ सालमा नेता निधिलाई वीपी कोइरालाले नै नेवि संघको अध्यक्ष बनाएका थिए । पार्टीका नेता तथा कार्यकर्तासंगको भेटघाटमा उपसभापति निधिले कांग्रेसको नेतृत्वमा सम्पन्न गत निर्बाचनमा पार्टीले हार बेहोर्नु परे पनि देश, लोकतन्त्र र संसदीय व्यबस्थाको जित भएको भन्दै पाँच बर्षपछि हुने चुनाबमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरे ।

तर यसका लागि पार्टीमा कुनै किसिमको गुटउपगुट हुन नहुने भन्दै उनले सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । पार्टीलाई एकढिक्का बनाएर अगाडि बढाउने बिषयमा बरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुसंग आफूले कुरा गर्ने उल्लेख गर्दै नेता निधिले पदाधिकारी चयन लगत्तै नेताहरुलाई भेटेर त्यसको शुरुवात गरेको पनि जानकारी गराए ।

याे पनि पढ्नुस  सिन्धुलीका गुन्डानाइके पुष्पराज श्रेष्ठ पक्राउ

बीपी राजमार्गदेखि दुम्जासम्मको बाटो बनाउने काम आफू भौतिक पूर्बाधार मन्त्री हुँदा सम्पन्न भएको स्मरण गर्दै उपसभापति निधिले यो क्षेत्रमा व्याप्त खानेपानीको समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।

वीपी पार्क र संग्रहालय बनाएर दुम्जालाई संपूर्ण प्रजातन्त्रबादीको आस्थाको केन्द्र बनाउनका लागि कांग्रेसले पहल गर्ने पनि उपसभापति निधिले उल्लेख गरे ।

याे पनि पढ्नुस  प्रचण्डले गरे खुलासा, 'तरार्इमा चुनाव जित्न दलहरुले अार्थिक चलखेल गरेका छन्'

सो अवसरमा प्रदेश नंबर २ का कांग्रेस साँसद ओमप्रकाश शर्मा, नेपाली कांग्रेस सिन्धुलीका सभापति उज्वल बराल, पूर्बसांसद मोहन बराल, दीपशिखा शर्मा, रामहरि खतिवडा लगायतले दुम्जाको विकासका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्